छठ मनाउन साडी र पिठो पाएपछि खुशी
वीरगन्ज : छठ पर्वमा खर्चको जोहो कसरी जुटाउने चिन्ताले सताइरहेका बेला एक दाताले नयाँ लत्ता कपडा सहितका सामाग्री सहयोग गरेपछि वीरगन्ज महानगरका दलितहरु खुशी भएका छन्।
आर्थिक रुपले विपन्न महाननगरका दलितवस्तीमा बुधबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पहलमा रुङगटा वेलफेयर सोसाइटीले नयाँ लत्ता कपडासहितका सामाग्री वितरण गरेको हो।
लक्ष्मीपुरकको मुसहरवस्तीकी कोशीला देवीले छठको खर्चको जोहो कसरी गर्ने जुटाउने चिन्ताले सताइरहेका बेला सहयोग स्वरुप नया साडी र पिठो पाउँदा परिवार नै खुशी भएको बताइन्।
गरिब र विपन्न मुसहरवस्तीका महिलालाई खर्चको अभावमा छठ पर्व मनाउन समस्या भइरहेको थाहा पाएपछि रुंगटा वेलफेयर सोसाइटीलाई आग्रह गरेर साडी र पिठो वितरण गरिएको सांसद यादवले बताए।
प्रतिक्रिया दिनुहोस !