म्याग्दीमा जिप दुर्घटना : दुईको मृत्यु
बेनी : म्याग्दीको मालिका गाउँपालिका-२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ-रुम सडकको ताक्सेमा पल्टिएको हो।
जिप पल्टिदा भिरमा खसेका मालिका-२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए। 
रुखमा अड्किएको अवस्थामा उद्धार गरिएका एक जनाको अवस्था सामान्य छ। मालिका-१ का जिपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिप भित्र बसेका १५ यात्रु भने सकुशल छन्। जिप पल्टिदा भिरमा खसेका यात्रु छतमा चढेका हुन सक्ने प्रहरीको अनुमान छ। उकालो बाटोमा जिप ब्याक भएर सडकमै पल्टिएको हो।
प्रतिक्रिया दिनुहोस !