भाकल पूरा गर्न हात्तीको मूर्ति
बर्दिबास : सर्लाही मंलगवाका ४७ वर्षीय विनोदकुमार कर्ण छठपूजामा हात्तीको मूर्ति चढाउने तयारीमा छन्। हात्तीको शिरमा दीप बालेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्य दिँदा भाकल पूरा हुने उनले बताए।
बर्दिबासका ६० वर्षीय मनी बैठा भन्छन्, ‘सन्तानको सुःखशान्तिका लागि परिवारले छठमा हात्ती चढाउँदै आएको छ।’ हात्तीको मूर्तिमा चामलको पिठो र हातको पन्जाको छाप लगाइन्छ।
मनीका छिमेकी तपेश्वर महतोका अनुसार छठ पूजा गर्ने सबैले हात्ती चढाउँदैनन्। उनले भने, ‘जसले भाकल गरेको हुन्छ, उसैले हात्रीको शिरमा दियो बालेर अर्घ दिने गर्छन्।’

छठ पूजामा सबै प्रसाद शाकाहारी हुन्छ। हात्ती पनि शाकाहारी नै हो। ‘हात्तीलाई ‘समृद्धि’ को प्रतीक मानिन्छ। उसको शिरमा बालेको ‘दिप’ लाई ज्ञान र विवेकको रुप रुपमा मानिन्छ,’ टिप्पणीकार चन्द्रकिशोरले भने, ‘गरिब धनी भएपछि घमण्ड बढ्न सक्छ। उसले कमाएको धन लोककल्याणकारी काममा खर्च होस् भनेर हात्तीको शिरमा दीप बालेर कामना गरिन्छ।’
प्रतिक्रिया दिनुहोस !