सप्तरंगी संगीत

सप्तरंगी संगीत

चितवन : रोजाइको कलाकार हेर्नका लागि नारायणी किनारमा दर्शकलाई तान्यो। घाम अस्ताएपछिको चिसो मौसमलाई कलाकारले तताए। साँझ सवा ५ बजेदेखिको माहोल संगीतमय बन्यो। दौरा सुरुवालमा सजिएका नायक राजेश हमाल मञ्चमा देखिएपछि दर्शकको हुटिङ सुरु भयो। उनले दर्शकलाई एकत्रित बनाए।

नायक हमालले राष्ट्रिय एकताको आह्वान गरे। उनले सांस्कृतिक विधाको महत्त्वको चर्चा गरे। एकपछि अर्को गरी देखिएका कलाकारहरूसँग दर्शक रमाए। कार्यक्रममा आएका दर्शकलाई अन्य कलाकारले गीतसंगीतको माध्यमबाट एकताको सन्देश थिए।

गृष्म ब्रोडकास्टिङको आयोजनामा सप्तरंगी संगीत यात्रा गरिएको हो। सातै प्रदेशमा पुग्ने अभियानको नारायणगढमा दोस्रो संंस्करण हो। साँझ ढल्किँदै जाँदा देखिए हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे।’ स्टेज चढेलगत्तै उनले दर्शकलाई हँसाउन सुरु गरे। सामाजिक विकृतिलाई कोट्याउँदै उनले व्यंग्य प्रहार गरे। सामाजिक सञ्जालले ल्याएको पारिवारिक समस्याको विषयमा उनको प्रस्तुतिले दर्शक रमाए। उनको प्रस्तुतिले भरतपुर महानगर प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत जिल्लाका प्रबुद्ध वर्गलाई पेट मिचीमिची हाँस्न बाध्य बनाए।

त्यसपछि देखा परेकी गायिका मेलिना राईले आफ्नो प्रस्तुतिबाट दर्शकलाई नचाइन्। उनले हावा सिरिरी, माछी खाने पानीको लेउलगायतका गीत गाइन्। गायक सुगम पोखरेलले म यस्तो गीत गाउछु गाउँदा दर्शक उफ्रिए। गायक हिमाल सागरले तीन ढिके फुली, कल्लाई थाहा छैन, झमझम बाजा गाउँदा राजेश हमाल नाचे। उनको नाचमा दर्शक पनि जाच्न थाले।नारायणीको चिसोको दर्शकलाई कुनै वास्ता थिएन। कलाकारको प्रस्तुतिमा उनीहरू झुमे। लोकदोहोरी गायक प्रकाश सपूतको प्रस्तुतिले नयाँ स्वाद थप्यो। लोकदोहोरी गीतमा उनले दर्शकलाई नचाए। सपूतले गलबन्दी गाउँदा दर्शकको हुटिङ उत्तिकै थियो। नेपाल आइडल सिजन २ का विजेता रवि ओडले पहिलो पटक नारायणगढमा प्रस्तुति दिए। नेपाल प्रहरीका कलाकार पूर्णिमा श्रेष्ठ, आयुषी कार्की, राजु आले, किशोर तामाङले पनि नृत्य पस्किए। नारायणी किनारमा झन्डै तीन घण्टा समय कटेको दर्शकलाई पत्तै भएन।

गृ्रष्म ब्रोडकासिस्टङको आयोजनामा सप्तरंगी संगीत यात्रा गरिएको हो। सातै प्रदेशमा पुग्ने अभियानको दोस्रो संंस्करण हो। यसअघि प्रदेश १ को बिर्तामोड, प्रदेश २ अन्तर्गत वीरगन्जमा कार्यक्रम आयोजना भइसकेको छ। यसपछि प्रदेश ५ को नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको महेन्द्रनगर र गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको गृ्रष्म ब्रोडकास्टिङका अध्यक्ष गेहेन्द्र घिमिरेले बताए। कलाकारलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो। पुल्चोकबाट नारायणी किनारसम्म बाजागाजासहितको ¥यालीले स्वागत गरिएको थियो। महानगर प्रमुख रेनु दाहालले सात प्रदेशलाई एकतामा बाँध्न कार्यक्रम प्रभावकारी भएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.