फाल्गुनन्द गाउँपालिका अध्यक्ष उपनिर्वाचन : आठ उम्मेदवार मैदानमा

फाल्गुनन्द गाउँपालिका अध्यक्ष उपनिर्वाचन : आठ उम्मेदवार मैदानमा

फिदिम :  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा तीन स्थानका तीन पदका लागि उम्मेदवारी दर्ता भएको छ। फाल्गुनन्द गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिका-१  र हिलिहाङ गाउँपालिका-७ को वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको हो। 

फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि आठजनाले उम्मेदवारी दर्ता गराएका छन्।  कांग्रेसका बृहजहाङ आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ,  राप्रपाका सशुहाङ चेम्जोङ, मंगल नेशनल अर्गनाइजेशनबाट उदय सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेन चेम्जोङ, राप्रपा (संयुक्त)बाट मोतिप्रसाद लिम्बू र समाजवादी पार्टीबाट विमला आङ्देम्बेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए। 

फिदिम नगरपालिका-१ को वडाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। नेकपाबाट गजाधर भट्टराई, कांग्रेसका सुवराज थापा, राप्रपा (संयुक्त) कल्पना राई, समाजवादी पार्टीबाट गौरव लामा, राप्रपा (लोकतान्त्रिक)बाट जानुका थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वीरबहादुर केरुङ र राप्रपाबाट मिलन गिरीले उम्मेदवारी दार्ता गराएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए।  

हिलिहाङ गाँउपालिका-७ को वडाध्यक्षका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट गेहनाथ रिजाल, कांग्रेसबाट तिलबिक्रम इधिङ्गो, राप्रपा (संयुक्त)बाट मुक्तिनाथ खनाल, समाजवादी पार्टीबाट भुवानीप्रसाद लिम्बू, राप्रपाबाट तुलप्रसाद लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धनबहादुर थाम्सुहाङले उम्मेदवारी दिएका हुन्। 

कांग्रेस र नेकपाले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका हुन्। समाजवादी पार्टीले पनि नाराजुलुशसहित उम्मेदवारी दर्ता गराएका हो। दुई वडाध्यक्ष र एक गाउँपालिका अध्यक्षका लागि कांग्रेस र नेकपाका उम्मेदवारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा कांग्रेस र नेकपाका उम्मेदवारीको जितमा साना दलको भूमिका निर्भर हुने देखिएको छ। उम्मेदवारी दर्तापछि सबै उम्मेदवारीले आफ्नो जित निश्चित रहेको बताएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.