सरकारकै कारण संघीयता खतरामा : डा.कोइराला

सरकारकै कारण संघीयता खतरामा : डा.कोइराला

फिदिम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वाामपन्थी सरकारकै कारण संघीयता खतरामा रहेको बताएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गणतन्त्र र संघीयता सरकारकै कारण खतरामा परेको बताए। 

‘प्रधानमन्त्री केपी ओली संघीयता खतरामा छ भन्नुहुन्छ,’ कोइरालाले भने ‘तर, सरकारलाई गणतन्त्र र संघीयता मन नपरेकाले उहाँले यस्तो भन्नु भएको हो।’ जनताले ल्याएको संघीयता कम्युनिस्टले मास्न लागेको उनको भनाइ छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिस्टहरु जनवादी केन्द्रियतामा विश्वास गर्ने भएकाले सरकारलाई संघीयता मन नपरेको तर्क गरे। ‘कम्युनिस्ट भाषा लिपी विरोधी हुन्छन्,’ उनले भने ‘पहिचान नरुचाउने सरकारले क्रमिक रुपमा भाषा शिक्षा बन्द गराइरहेको छ।’

फाल्गुनन्द गाँउपालिकामा नेकपाका नेताले मातृभाषा शिक्षाविरुद्ध मुद्दा लगाएको कुरालाई इंगित गर्दै भने, ‘सभ्य समाज निर्माण नभई समृद्ध राष्ट्र निर्माण हुन सक्दैन।’ भाषा लिपिविरुद्धमा  उभिएको नेकपाको सरकारले समृद्ध समाज निर्माण गर्नै नसक्ने कोइरालाले ठोकुवा गरे। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.