नेपालको विकास टाढा छैन : हमिद

नेपालको विकास टाढा छैन : हमिद

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। 

‘नेपाल प्रकृतिकै एक सुन्दर मुलुक मात्र होइन, प्रचुर सम्भावना बोकेको अनौठो प्राकृतिक मिश्रण भएको मुलुक पाएँ’, उनले स्वदेश फर्किने क्रममा अधिकारीसँग भने, ‘यो मुलुकको विकास टाढा छैन। राजनीतिक नेतृत्वले जोड दिए सम्भावनै सम्भावना छ।’

प्रकृति र संस्कृतिमा धनी एवं विकासको पथमा अग्रसर सुन्दर मुलुकको याद बोकेर फर्किंदै गरेको उनले सुनाए। नेपालको चारदिने बसाइलाई ‘विशेष’ बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए।

उनले काठमाडौं बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरे। उनले द्विपक्षीय सहकार्य अगाडि बढाउन छलफल चलाए। नेताहरूसँगको वार्तामा उनले भनेका थिए, ‘दुई मुलुकले सहकार्य गर्दै समान विकासको हातेमालो अपरिहार्य छ।’ 

उनले ऊर्जा, सडक, रेल र जलमार्गबाट दुई मुलुकलाई जोड्न सक्नुपर्ने भन्दै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय सहकार्यको आधार प्रस्तुत गरे। यसमा दुई मुलुक सकारात्मक देखिएका छन्। बंगलादेश, भुटान, भारत र नेपालबीच बीबीआईएन उपक्षेत्रीय सहकार्यबारे कुरा भए पनि अगाडि नबढेको अवस्थामा बंगलादेशले सहकार्यको आधार प्रस्तुत गरेको हो।

बंगलादेशसँगको सीधा सम्पर्कबारे भारतसँग नेपालले पहल गर्नुपर्नेमा उनले जोड दिए। आफ्नो पक्षबाट पनि भारतसँग पहल गरेर नेपालसँग सीधा सम्पर्क गर्ने उनको भनाइ थियो। यसका लागि दुवै मुलुकले भारतसँग छलफल गर्ने तय भएको छ।

नेपाल र बंगलादेशबीच पर्यटन प्रवद्र्धनमा थप सहकार्य हुन सक्ने उनले बताए। निर्वाध रूपमा बस र रेल चलाउन सकिने अवस्था पनि उनले प्रस्तुत गरेका थिए। उनले भक्तपुर अवलोकन गरी नेपालमा ऊर्जापछि पर्यटन महत्वपूर्ण व्यवसाय हुन सक्ने औंल्याए। नेपालले हरेक पाइलामा व्यापार गर्न सक्ने धारणा उनले सुनाएका थिए।

उनले पोखराको सौन्दर्य र हिमाली शृंखलाको चमक नेपालको विकासको आधार भएको सुनाए। आफू यहाँको सौन्दर्यले नतमस्तक भएको उनको भनाइ थियो।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी गत मंगलबार काठमाडौं आएका थिए। उनले बुधबार राजनीतिक भेटघाट गरे भने अन्य समय भ्रमण र अवलोकनमा बिताए। स्वास्थ्यमा समस्यापछि उनी चन्द्रागिरि भने गएनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतले उनलाई बिदाइ गरेका थिए। उनलाई सेनाको एक टुकडीले २१ तोपको बिदाइ सलामी दिएको थियो। सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए।

उनले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक भेटवार्ता भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.