प्रधानमन्त्री लोकतन्त्र मासेर तानाशाही बने : नेता पौडेल

प्रधानमन्त्री लोकतन्त्र मासेर तानाशाही बने : नेता पौडेल

फिदिम: पाँचथरको फाल्गुनन्दमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नवमीडाँडा आएका नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले कम्युनिस्ट भाषा, लिपी, साहित्य र संस्कृतिलाई समाप्त पार्न लागि गरेको बताएका छन् । नेकपाले नेपालीहरुको पहिचान, भाषा र संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार सुरु गरेको बताएका हुन् । 

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आधा दर्जन केन्द्रीय नेताहरु फाल्गुनन्द गाउँपालिका आएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेकपाले साहित्य र संस्कृतिमाथि प्रहार गरेको बातए । 'नेकपालाई साहित्य र सभ्यता मन पर्दैन,' फाल्गुनन्दमा चर्किएको मातृभाषा शिक्षा सम्बन्धीको मुद्धालाई उल्लेख गर्दै पौडेलले भने, 'आफ्ना कार्यकर्तालाई मातृभाषा शिक्षाविरुद्ध मुद्धा हाल्न लगाउनु, भाषा र संस्कृति मास्न नेकपा उद्य्त हुनु हो ।'

सम्बोधनकै क्रममा पौडेलले चुनाबाट चुनिएका सबै मान्छे लोकतन्त्रवादी नभएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओली लोकतन्त्र मासेर तानाशाही बन्न खोजेको पौडेलको आरोप थियो । संवैधानिक आयोगमा सरकारले आफ्ना अरौटे भरौटे नियुक्ति गरेर मनपरी गरेको उनले आरोप लगाए।

'सरकारी कर्मचारीलाई नेकपाले आफ्ना गोठालाजस्तो बनाएको छ,' उनले भने, 'संवैधानिक निकायलाई आफ्नो खटनमा चलाएर सत्ता कब्जा गर्न नेकपा लागिपरेको छ ।'नेकपाले सत्ता र पैंसाको शक्तिमा लोकतन्त्रको चीरहरण गरेको उनले बताए । 

फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडामा आयोजित कार्यक्रममा सहभागी नेता । तस्बिर : भीमकुमार बाँस्कोटा

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले ओछ्यानबाट मुलुक चल्न नसक्ने उनले बताए । 'प्रधानमन्त्रीको स्वास्थ्य नाजुक छ,' घिमिरेले भने, 'उहाँको स्वास्थ्यलाभको कामना गछौँ। तर, प्रधानमन्त्री ओछ्यान परेको मुलुकले गति लिन सकेको छैन।' गरिब नेपालीको छोरा उपचार नपाएर मर्नुपर्ने बाध्यता भएको तर, नेताहरुको स्वास्थ्यको लागि राज्यको करोडौ रुपैयाँ खर्चिएको उनले दुःख व्यक्त गरे।

अस्पतालको बेडबाट मुलुक चलाउन खोजिएकाले मुलुक डुब्न लागेको घिमिरेको तर्क छ । 'छिमेकी मुलुकले नेपालको सिमा मिच्दासम्म सरकार बोल्न किन हिचकिचाईरहेको छ, 'उनले प्रश्न गर्दै भने,  'राष्ट्रवादी भनिएका ओली सरकार यो विषयमा किन मौन ?'

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले नेकपा सिद्धान्तहिन शक्तिको रुपमा रुपान्तरित भएको बताए । 'हिजो मार्ने र मर्नेहरु एकठाउँमा जम्मा भएका छन्,' तत्कालिन माओवादी र एमालेको एकताको प्रसंग निकाल्दै पाण्डेले भने, 'कुनै सिद्धान्तको मेल नभएर कमाउने उद्देश्यले उनीहरु एक ठाउँमा भएका हुन् ।'

सम्बोधनकै क्रममा पाण्डेले मंसिर १४ गते हुने उपनिर्वाचनलाई नेकपाले धन र डनको भरमा चुनाव भिड्न लागेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य धनराज गुरुङले नेकपाको सरकारकै कारण राष्ट्रियता कमजोर भएको उल्लेख गरे । 'सरकारकै कारण राष्ट्रियता खतरामा छ,' गुरुङले भने, 'सरकारले चुच्चे रेल ल्याउने सपना देखेर मुलुक बेचिरहेको छ ।'

चीन र भारत दुइटै देशले नेपालका सीमा मेच्दा पनि सरकार नबोलेकोमा उनले चिन्ता व्यक्त गरे । कार्यक्रमलाई केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बे र पूर्व सांसद रामहरि खतिवडाले समेत सम्बोधन गरेका थिए । कांग्रेसले शक्ति प्रदर्शन सहवी चुनावी सभा गरेको हो । फाल्गुनन्दमा मंसिर १४ गते अध्यक्ष पदका लागि निर्वाचन हुने तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.