अख्तियारको टोली डोल्पामा

अख्तियारको टोली डोल्पामा

डोल्पा : डोल्पाबाट अख्तियारमा परेका मुद्धाको छानविन गर्न अख्तियार टोली डोल्पा आएको छ । विभिन्न निकायबाट डोल्पामा आएको विकासका योजनाको अनियमितताको छानविन गर्न अख्तियारको क्षेत्रीय टोली डोल्पा पुगेको हो। 

डोल्पामा विकासे योजनामा भएको आर्थिक अनियमिततासम्बन्धी अख्तियारमा २८ मुद्धा परेका छन्। उक्त मुद्धा परेका योजनाको छानबीन र कारवाहीको प्रक्रियामा रहेको अख्तियार जनाएको छ।

भौगोलिकरुपमा सबैभन्दा ठूलो जिल्लामा विकासे योजनामा अनिमितता भएको भन्ने हल्ला आएपनि प्रमाण र आधारमा निकै कम मुद्धाहरु परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख शेसनारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कारवाहीको प्रक्रियामा छिरेका मुद्दाको शुष्म निरीक्षण अनुसन्धान गरिने बताए । जिल्लामा सुशासनको अवस्था बुझेर योजनाको छानबीन र कारवाहीका लागि स्थलगत अध्ययन गर्न चार सदस्यीय टोली डोल्पामा पुगेको हो ।

संघीयतापछि सार्वजनिक खरिद ऐन विपरत काम भयो 

डोल्पाबाट अख्तियारमा परेका मुद्धामा सार्वजनिक खरिद ऐन विपरित काम गरेको अख्तियारको टोलीले ठोकुवा गरेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले नियम विपरित आफ्नो पार्टी कार्यकर्ता र आफन्तलाई उपभोक्ता समिति गठन गरेर आर्थिक अनियमितता गरेको अख्तियार क्षेत्रीय प्रमुख शेषनारायण पौडेलले जानकारी दिए।  

स्थानीय सरकारले सार्वजनिक खरिद ऐनको व्यवास्ता गरेर ठेक्कापट्टा गर्दा आफ्नो मान्छेलाई पर्ने गरि अग्रिम कमिसन लिएर कागजी प्रक्रिया मिलाउने गरेको, बोलपत्रमा उल्लेखित गुणस्तरीय सामाग्री खरिद नगरी कमसल सामाग्री खरिद गरेको विद्यालय शिक्षक नियुक्ति सरुवा बढुवा र विद्यालय भवन र सडक निर्माण गर्दा आर्थिक अनियमितता गरेको रहेका छन्।

यसैगरी पाउनुपर्ने सम्बन्धित व्यक्तिले नपाई फजुल व्यक्तिलाई अनुदानको रकम उपलब्ध गराएर दुरुप्रयोग गरिएको, स्वास्थ्य चौकीहरुमा औषधि खरिद नगरी बिल भरपाई मिलाएर सामाजिक विकास कार्यक्रमको रकम अनियमित गरेको लगायतका मुद्धा अख्तियारको क्षेत्रीय कार्यालयमा परेका छन् ।

बालबालिकालाई भ्रष्टाचार रोक्न प्रशिक्षण दिँदै अख्तियार

जिल्लामा भ्रष्टाचार निकै मौलाउँदै गएको बेलामा अख्तियारको टोलीले बालबालिकालाई प्रशिक्षण दिएको छ । अख्तियार दुरुपयोग क्षेत्रीय कार्यालय सुर्खेतले डोल्पाका सयौं बालबालिकालाई भ्रष्टाचार रोक्न प्रशिक्षण दिएको छ । 

अभिभावकले बालबालिकाको कुरा काट्न नसक्ने र सकारात्मक सोच राखेर अभिभावकले भ्रष्टाचार गर्नबाट जोगिने प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिलेबाट नै साना बालबालिकालाई भ्रष्टाचार गलत हो भन्ने सन्देश दिन सकेमा त्यसको असर भोलीसम्म सकारात्मक रुपमा पर्ने दावी गरे ।

दुनैमा सरस्वति माध्यामिक विद्यालयका बालबालिकालाई भ्रष्टाचारविरुद्ध लाग्न प्रतिबद्ध बनाउँदै १०७ मा प्रमाण जुटाएर कल गर्न डीएसपी श्रेष्ठले आग्रह गरे । हरेक नागरिकले मेरो जिम्मेवारी हो भन्ने सोचेर नाटक,कथा,कबिता,चित्रबाटै भ्रष्टाचार रोक्न अख्तियार क्षेत्रीय कार्यालय प्रमुख शेसनारायण पौडेलले आग्रह गरे। जिल्लाका सबै सरकारी कार्यालय,स्थानीय सरकारसँग छलफल र सहकार्य गर्ने अख्तियारको टोलीले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.