भारतविरुद्ध बुटवलमा ‘विप्लव’ प्रदर्शन

भारतविरुद्ध बुटवलमा ‘विप्लव’ प्रदर्शन

बुटवल : भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ। नेपालीभूमि भारतले अतिक्रमण गरेको भन्दै विप्लव निकट विद्यार्थीहरुले आइतबार प्रदर्शन भएका छन्।

बुटवलकासरकारी तथा सामुदायिक क्याम्पसका सयौं विद्यार्थीहरु प्रदर्शनमा सहभागि भएका थिए। प्रहरीको घेराबन्दीकाबीच विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्ण्डिया’ लगायतका नारा लगाउदै प्रदर्शन गरेका हुन्।

कालिका क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ बहुमुखीका विद्यार्थीहरु एकैसाथ सडकमा निस्किएका थिए। ठाउँठाउँमा उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपनि सकेन। अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रिय समन्वय समितिको आयोजनामा बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ विरोध जुलुस निकालिएको थियो। 

समन्य समितिका संयोजक विरेन्द्र विकले नेपाली सीमा बचाउनका लागि दबाबमुलक र्‍याली निकालिएको जानकारी दिए। उनले विद्यार्थीको दबाबमुलक कार्यक्रम निरन्तर चलिरहेने समेत बताए। क्रान्तिकारीले बुटवलको पुष्पलाल पार्क र मिलनचोकमा कोणसभासमेत गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.