विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

बागलुङ : चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।

बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् । उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाइ छ ।

‘धेरैपटक विफल भए तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो’, गणेशले भने, ‘अन्ततः म प्रयास, सोच र योजनामा सफल भएको छु ।’ उनले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनीसमेत गरिएको थियो । यसअघि उनले क्ल्याफ स्वीच बल्भ, स्पीकर इन्भटरजस्ता इलेक्ट्रिक समान बनाउन सफल भएका थिए । फुर्सद हुँदा साथ नयाँ नयाँ खोज र अनुसन्धानमा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इञ्जिनियर बन्ने सपना रहेको सुनाए । मोटरसाइकल निर्माणमा ६० हजार रुपैयाँ खर्च लागेको उनले बताए ।

विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरिएको जानकारी दिए । ‘विद्यालयमा उनी पढाइमा मध्यम खालका विद्यार्थी हुन् तर प्रविधिमा उनको बढी रुची र लगाव छ’, उनले भने, ‘निरन्तरको लगावका कारण नेपालमै नयाँ खालको पेट्रोलबिनै चल्ने मोटर निर्माण गरेका छन्, अब हामी उनलाई थप प्राविधिक ज्ञान हासिल गर्न उपर्युक्त वातावरण र व्यवस्था गर्न पहल र सहयोग गर्नेछांै ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.