सुत्केरीलाई स्टेजरमा बोकेर मतदानस्थल पुर्याइयो
बरौला (प्यूठान) : प्यूठानमा आठ दिनकी सुत्केरीले मतदान गरेकी छन्। ऐरावती गाउँपालिका मोती मावी बरौला (ख) मतदान केन्द्रबाट बरौला सालघारीकी मीना विकले दिदीको सहायतामा मतदान गरेकी हुन्।
मितेरी साइनो पर्ने उनकी दिदी नारायणी जिसीले विकको मतदान गरिन्। विकका आफन्तले उनलाई स्टेचरमा बोकाएर मतदान स्थलसम्म पुर्याएका हुन्।
सुत्केरीलाई प्राथमिकता दिएर केन्द्रमा आइपुग्ने बित्तिकै मतदान गर्ने व्यवस्था मिलाइएको मतदान अधिकृत कमलप्रसाद भुसालले जानकारी गराए। ऐरावती २ बरौलामा एकजना स्वतन्त्रसहित राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसका उमेदवारबीच चुनावी प्रतिस्पर्धा छ।
प्रतिक्रिया दिनुहोस !