पाँचथरमा चार बजेसम्म ६३ प्रतिशत मतदान

पाँचथरमा चार बजेसम्म ६३ प्रतिशत मतदान

फिदिम : पाँचथरमा दिनको चार बजेसम्ममा ६३.९१ प्रतिशत मत खसेको छ। बिहान सात बजेदेखि फाल्गुनन्द गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि मतदान भइरहेको छ। 

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिकामा हालसम्म १० हजार छ सय ३७ अर्थात ६४.१७ प्रतिशत मत खेको हो। 

फिदिम नगरपालिका १  मा दुई हजार तीन सय ११ अर्थात् ६२.८७ प्रतिशत मत खसेको छ। हिलिहाङ गाउँपालिका ७ मा एक हजार छ सय ५७ मत अर्थात् ६३.७३ प्रतिशत मत खसेको हो। 

फाल्गुनन्द गाँउपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन्। त्यस्तै फिदिम नगरपालिका १ मा तीन हजार छ सय ७६ मतदाता छन् भने हिलिहाङ ७ मा दुई हजार छ सय मतदाता रहेका छन्।  

पाँचथरको तीन पदका लागि भएको निर्वाचनमा जम्मा १७ मतदान स्थलमा ३१ ओटा मतदान केन्द्रबाट मतदान सुरु भएको हो। 

फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि १३ स्थलका २३ ओटा केन्द्रबाट मतदान भईरहेको छ। फिदिम १ को वडाध्यक्ष लागि एक स्थलमा रहेको ४ ओटा केन्द्रबाट मतदान भएको हो। त्यस्तै हिलिहाङ ७ मा तीन स्थलका चार ओटा केन्द्रबाट मतदान सुरु भएको हो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.