कास्की–२ मतगणना : यस्तो आयो प्रारम्भिक परिणाम
पोखरा : शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना आइतबार बिहानबाट सुरु भएको छ । प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम गरेकी छिन्।
भट्टराईले ३२७६ मत पाएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। राति पौने २ बाट मतगणना सुरु गरिएको हो।
यो परिणाम पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना गर्दाको हो।
प्रतिक्रिया दिनुहोस !