घरसँगै खरानी भइन् टंकरानी

घरसँगै खरानी भइन् टंकरानी

फिदिम : फालेलुङ गाउँपालिका ३ मेमेङमा घरसँगै जलेर एक ८५ वर्षीया वृद्धाको ज्यान गरेको छ । सोमबार राती करिब ११:३० बजेतिर घरमा आगलागी हुँदा जलेर टंकरानी थाम्सुहाङको ज्यान गएको प्रहरीले जनाएको छ।

टंकरानीको घरमा आगलागी भएको देखेपछि स्थानीयले नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर, आगोले ठूलो रुप लिएपछि  नियन्त्रणको प्रयास सफल भएन।  स्थानीय गणेश थाम्सुहाङका अनुसार आगोले घर खरानी भएपछि टंकरानीलाई खोजि गर्दा उनी पनि जलेर खरानी भएको अवस्थामा भेटिएको हो । 

टंकरानी घरमा एक्लै बस्ने गर्थिन्। जाडोको सिजन भएकाले उनी आगो तापेर रात कटाउने गरेकी थिइन् । आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएपछि घरमा पनि आगो लगेको हुनसक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.