इटहरीकाे सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरीकाे सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरी : इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ। गएराति सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी भएको हो। गएराति लागेको आगो आइतबार बिहान नियन्त्रणमा लिइएको थियो ।  होटल पूर्ण रुपमा क्षति भएको छ।

होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए। विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।

चौथो तलामाथि रहेको होटलमा लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्‍याएको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.