जुनारको रसले सर्किएर मृत्यु
भोजपुर : जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको ज्यान गएको छ । षडानन्द नगरपालिका १२ देउराली सुनखानीस्थित जुनारको रस सर्किदा स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खाँदा रसले सर्किएर घिसिङको मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस !