११ किलो चरेससहित वृद्ध पक्राउ
वीरगन्ज : वीरगन्जको गण्डक चोकबाट प्रहरीले लागुऔषध चरेससहित एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १९ का ६० वर्षीय रामबालक वैठा रहेका छन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले गण्डक चोकमा चेकजाँच गर्ने क्रममा जितपुरबाट वीरगन्जतर्फ साइकलमा आउँदै गरेका वैठालाई चरेससहित पक्राउ गरेको हो ।
पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !