गुम्बाडाँडामा आगलागी एक घर खरानी

गुम्बाडाँडामा आगलागी एक घर खरानी

फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा आगलागी हुँदा एक घर जलेर खरानी भएको छ।  धनबहादुर तामाङको काठले बनेको चार तले घर जलेर खरानी भएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। 

शुक्रबार दिउँसो ४:२० बजेदेखि घरमा आगलागी सुरु भएको थियो। छिमेकी डिल्लीप्रसाद परियारको कटेरोबाट सुरु भएको आगोले तामाङको घर जलेर खरानी भएको प्रहरीको भनाइ छ। 

स्थानीयसहित नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। सदरमुकाम फिदिममा रहेको दमकल आगो नियन्त्रणका लागि घटनास्थलमा लगिएको थियो। घटनास्थलमा दमकल पुग्दा घर पूर्ण रुपमा क्षति भइसकेको स्थानीयको भनाइ छ। क्षतिको एकिन बिवरण आउन बाँकी छ।  

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.