मौसममा सुधार आएपछि जनजीवन सहज

मौसममा सुधार आएपछि जनजीवन सहज

मुगु : हिमपातपछि कष्टकर बनेको मुगुको जनजीवन सहज बन्दै गएको छ। शुक्रबार बिहान ५ बजेबाट राति १० बजेसम्म लगतार हिमपात भएको थियो। शनिबार बिहानबाट मौसम सफा भएपछि स्थानियहरुको जन जीवनमा सहज भएको छ।हिमपातका कारण सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिकाका मुगुम, चिताई, डोल्पु, कार्तिक, किम्रि, ताखा, खारी, पुव, रिउस, दाउरा, सेरोग, मह, माँग्री, चिमात, छायल, क्षेत्र प्रभावित बनेको थियो।

त्यसैगरी पाँपु सोरु गाँउपालिकाका नेहर, फोतु, धैना, कालै रुमा, सोरुकोट, खत्याड गाँउपालिकाको खमाले, लमेरा,कोटिला, गम्था, सेरी निगालबोट, र छाँयानाथ रारा नगरपालिकाको मुन्दु, सोवा ,रोवा, ताल्चा , पिना कोटिला, झयारी, टोप्ला घट्टलेख, बामा, फुली, लिउडि , मुर्मा र रारा क्षेत्रको जवजीवन कष्टकर भएको थियो।
 

शनिबार बिहानबाट मौसम सफा भएको छ। सदरमुकाम आसपासको क्षेत्रमा हिउँ पातलो परेकाले खासै समस्या नदखिए पनि अन्य स्थानमा भने हिउँ पग्लिन केही समय लाग्ने देखिन्छ। चिसो अत्याधिक बनेपनि हिमपातले कुनै अप्रिय घटना नभएको जल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले जानकारी दिए।

 जिल्लाको सबैभन्दा उच्च क्षेत्रममा रहेका मुगुम कार्मारोङ गाउँपालिकाका ९ वटै वडामा ३ फिटसम्म हिमपात भएको छ। रारामा तालमा पनि करिब ३ फिटसम्म हिउँ परेको छ।  रारा घुम्न आएका हिमपातका कारण रोकिएका थिए। आइतबार मौसम सुधार भएपछि आ-आफनो गन्तव्यतर्फ जाने तयारीमा रहेको राराका होटल व्यवसाहीहरुले जानकारी दिएका छन्। हिमपातले शुक्रबारबाट अवरुद्ध भएको रारा विमानस्थलको हवाई सेवा आइतबारबाट सञ्चालनमा आउन सक्ने एयरलाईन्सहरुले बताएका छन। नाग्मा-गमगढी सडक खण्ड भने संचालनमा आउने अझै तिन चार दिन लाग्ने ब्यपारीले जानकारी दिएका हुन। 

 हिमपातका दैनिक कामकाजमा कठिनाई भएपनि जन कार्तिक महिनामा खेतबारीमा छरेको गहुँ र जौ बालीलाई राहत पुग्नेआशाले कृषकहरु हर्षित भएका छन्। यतिबेलाको हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने र वर्खेबाली लगाउन खेत, बारी जोत्नका लागि सहज हुने भन्दै छाँयानाथ रारा नगरपालिका-४ का कृषक भीमबहादुर रोकायाले खुसी प्रकट गरे। 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.