सौतेनी छोरीलाई तरकारीमा विष राख्दा आफ्नै ज्यान गयो

सौतेनी छोरीलाई तरकारीमा विष राख्दा आफ्नै ज्यान गयो

वीरगन्ज  : वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्।

बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिका देवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो।

त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्।

विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगन्जको तराई हस्पिटलमा पुर्‍याइएको थियो ।तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको मृत्यु भएको हो। 

विषादी हालिएको तरकारी खाँदा राधिकाका छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । 

उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राती थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । पाँचैजनाको अवस्था जटिल रहेकाले आइसीयूमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए । 

प्रहरी निरीक्षक साहका अनुसार १४/१५ वर्ष पहिले जेठी श्रीमतीको मृत्युपछि जगदीशले कान्छी श्रीमतीका रुपमा राधिकालाई भित्र्याएका थिए। 'सोमबार बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनीकी छोरी मनिषाबीच भनाभन पछि झगडा भएको रहेछ', प्रहरी निरीक्षक साहले भने, 'त्यसैको आक्रोशमा राधिकाले राती खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।'

मृतक राधिकाका श्रीमान् जगदीश परवानीपुरको कपडा उद्योगमा काम गर्छन्। 'सोमबार राती उनी घर नआइ उद्योगमै बसेका रहेछन्', प्रहरी निरीक्षक साहले भने, 'जगदशीलाई प्रहरी कार्यालयमा झिकाएर घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.