महोत्सवले बढ्यो व्यापार

महोत्सवले बढ्यो व्यापार

धनगढी : धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा व्यापार फस्टाएको छ। व्यापारीहरुले सुदूरपश्चिम महोत्सवबाट राम्रो आम्दानी गरेका छन्।

‘बाहिर ३ महिनामा भएको व्यापार महोत्सवमा १० दिनमा हुने गरेको छ’ महोत्सवमका नास्ता पसल सञ्चालन गरेका जीवन लामेछानेले भने ‘यसले गर्दा व्यापारीहरुका लागि राहत भएको छ।’ महोत्सवमा  बाहिरको व्यापारभन्दा तेब्बर हुने गरेको फेन्सी पसल सञ्चालन गरेकी धनकुमारी शाहले बताइन्। ‘धनगढीमा सबै भन्दा बढी भिड महोत्सवले सिर्जना गर्ने गरेको छ’ उनले भनिन्।

आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार दैनिक ३० हजार दर्शकले अवलोकन गर्ने गरेका छन्। यसले गर्दा सबै थरिका व्यापारीहरुका लागि पर्व जस्तै सावित भएको छ।

‘व्यवसाय बढाउन पनि महोत्सव गर्नु परेको हो। धनगढीमा लाग्ने महोत्सवले सबैको चासो बढेको छ’ कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले भने। ‘साना व्यापारीहरुको मात्र चासो होइन बहुराष्ट्रिय कम्पनीको पनि उत्तिकै चासो रहने गरेको छ।’

अन्य सिजन भन्दा ४ गुणाले व्यापार बढेको महोत्सव वाहिर होटल व्यवसाय गदैँ आएको मिन शाहीले बताए। ‘अन्य सिजनमा सुनसान हुने व्यापार पनि यति बेला भिड लाग्ने गरेको छ’ उनले भने।

‘यसले गर्दा महोत्सवको लोकप्रियता हरेक वर्ष उत्तिकै रहने गरेको बुझ्न सकिन्छ। यसको प्रत्यक्ष फाइदा स्थानीय व्यवसायीलाई हुने गरेको छ’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने। आयोजक संस्थाकाअनुसार १० दिन सम्म ५ करोड बढीको कारोबार भएको छ। यसमा ६८ लाखको टिकट मात्र बिक्रि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.