बागलुङ जिप दुर्घटना, पाँच घाइते
बागलुङ : बडिगाड गाउँपालिकाको सक्न्यार टुटिफेदमा बिरामी बोकेको पिकअप जिप आज दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक बालिकासहित दुईको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
खर्वाङ बजारबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बडिगाड गाउँपालिका वडा नं. ३ सरधाराका वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थानका वर्ष २३ की नुनु रेश्मी र वर्ष ३३ की चुराकुमारी थापा र वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी बस्ने वर्ष २४ का चालक रमेश श्रीस घाइते भएका छन्।
घाइतेमध्ये टाउको, छाति र ढाडमा चोट लागेका बालिका विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर छ।
उनीहरुलाई खर्वाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए। गुडिरहेको गाडीको अचानक टायर फुस्किएर दुर्घटना भएको उनले बताए। गाडी सडकबाट करिब २ सय मिटर तल खसेको छ।
प्रतिक्रिया दिनुहोस !