पर्यटन वर्ष सफल पार्न फिदिमबाट माउण्टेन फन फ्लाइट

पर्यटन वर्ष सफल पार्न फिदिमबाट माउण्टेन फन फ्लाइट

फिदिम : पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै फिदिमबाट माउण्टेन फन फ्लाइट सुरु गरिएको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यका साथ यहाँका पर्यटन व्यवसायीले माउण्टेन फन फ्लाइट सुरु गरेका हुन् ।

 
फिदिम नगरपालिका २ मा निर्माण गरिएको हेलिप्याडबाट पर्यटकलाई हेलिकप्टरबाट उडाएर पूर्वका विभिन्न पर्यटकीय गन्तव्य घुमाउन थालिएको छ । तमोरभ्याली ट्राभल टुर एण्ड ट्रेकीङ प्रालीले जिल्लाबाट पहिलोपटक पूर्वका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकप्टरबाट घुमाउन सुरु गरेको हो ।

फिदिमदेखि पर्यटकलाई साधुटार, भाथिभरा, तिम्बुङपोखरी, कञ्चञ्जनजंघा बेसक्याम्पलगायतका पर्यटकीय स्थानमा घुमाउन थालिएको छ । सुरुवाति चरणमै आन्तरिक पर्यटकको घुँइचो लागेको प्राली सञ्चालक दिपेन्द्र तुम्बापोले जानकारी दिए।

'हेलिकप्टरबाट पर्यटकीय क्षेत्रमा घुम्न चाहनेको घुँइचो छ,' तुम्बापोले भने, 'पर्यटन वर्षलाई सफल बनाउने तयारी स्वरुप हामीले यस्तो काम थालेका हौँ । यो कामलाई थप व्यवस्थित गर्दै लैजानेछौँ ।' फन फ्लाइट सुरु भएपछि आन्तरिक पर्यटक यसप्रति आकर्षित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.