बेनी-जोमसोम सडक अवरुद्ध

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभीरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा यातायात सेवा अवरुद्ध भएको हो । 

बिहीबार राती खसेको पहिरो पन्छाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठूलो पहिरो खसेकाले पन्छाउन दिनभर लाग्ने उनको भनाई छ । 

देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् ।  सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभीर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक-पटक पहिरो खस्ने गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.