बागलुङमा लगानी गर्न ठूला व्यवसायी इच्छुक

बागलुङमा लगानी गर्न ठूला व्यवसायी इच्छुक

बागलुङ : जिल्लामा पहिलो पटक ठूला लगानीकर्ता आर्कषित गर्नका लागि लगानी बहस गरिएको छ ।नेपालका सफल ठूला उद्योगी व्यवसायीलाई बागलुङमा आर्कषित गरी व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धन गरेर रोजगार सिर्जना गर्ने उद्देश्यले लगानी बहस कार्यक्रमको आयोजना  गरिएको हो । 

बागलुङ उद्योग बाणिज्य संघले प्रभु बैंकको सहयोगमा बागलुङ महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको 'उज्यालो बागलुङ, समृद्ध बागलुङ' विषयक लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष चन्द्र ढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र सरकारका तर्फबाट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ मुख्य वत्ताका रुपमा थिए। 

बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानीमैत्री बातावरण भए लगानी गर्न इच्छुक रहेको बताएका थिए । तर, अहिले राजनीतिक स्थिरता भए पनि तीन तहको सरकारको नयाँ नयाँ कानुनी अड्चन मुख्य समस्याका रुपमा देखिएको गुनासो गरेका थिए ।

लगानीको वातावरण बनाउ तीन तहको सरकारले कानुनी र प्रक्रिया झंझट आवश्यक कदम चालेमा हाइड्रो, केबलकार, स्टार होटल तथा सुपर मार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको उनीहरुको भनाई थियो ।  

बागलुङ कृषि, पर्यटन र हाइड्रोको क्षेत्रमा राम्रो सम्भावना भएको जिल्ला भएको भन्दै उनीहरुले लगानीका क्षेत्र देखाउन आग्रह गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाले ठूलो परिमाणमा अर्गानिक उत्पादनको सम्भावना भए त्यसमा आफू लगानी गर्ने उद्घोष गरे । 'कुनै ठाउँलाई माया गरेर मात्र व्यवसाय सफल हुँदैन, बागलुङमा पर्यटन, जलविद्युत र कृषि उद्योगको सम्भावना राम्रो भएको बुझेको छु,'उनले भने, 'कुनै सम्भावनाका ठाउँ देखाउनु भयो भने हामी गर्न सक्छौं, तर हरेक व्यवसायीले सुरक्षित लगानी र त्यस पछिको प्रतिफल हेर्छ भन्ने कुरा बिर्सनु हुँदैन।'

नेपालमा उद्योगको विकास नभएसम्म समृद्धि नारामा मात्र सिमित रहने उनले बताए । अहिले पनि ४० लाख युवा विदेशिने गरेको उल्लेख गर्दै विदेश पलायन रोक्नतर्फ सरकार, नीजि क्षेत्र र अरु सरोकारवाला सबैले गम्भीरतापूर्वक सोच्न र योजना बनाएर काम गर्न आवश्यक भएको धारणा राखे । 

मुलुकमा अहिले ७० प्रतिशत आयात भइरहेको तथ्य प्रस्तुत गर्दै यहाँको उत्पादनमा भन्दा आयात गर्नु सस्तो हुने गरेको उनको भनाई थियो । यद्यपी यहाँका किसानले उत्पादनको राम्रो मुल्य नपाउँदासम्म हामीले सोचेको समृद्धि सम्भव नहुने पनि उनले बताए । 

ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा सफल व्यवसायी चन्दप्रसाद ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्राउन आफू तत्पर रहेको बताए । आफ्नै जन्मभूमि भएकाले जिल्लामा केही न केहीमा लगानी गर्ने इच्छा रहेको उनको भनाई थियो । 'यहाँका उद्योगी व्यवसायी साथीसँग  छलफल भइरहेको छ, यद्यपी लगानीको सुरक्षा र प्रतिफल व्यवसायमा अनिवार्य शर्त हुन्, 'ढकालले भने, 'अहिले मुलुकमा राजनीतिक स्थिरता भए पनि तीन तहको सरकारको कानुनी अड्चन र प्रक्रियागत झञ्झट ठूलो बाधाको रुपमा देखापरेको छ ।'

ढकालले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले यहाँको सम्भावना उजागर गरेकाले पाँच तारे होटल, हाइड्रो लगायतका क्षेत्र मध्ये केही गर्ने प्रतिवद्धता व्यक्त गरे । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले जग्गा व्यवस्थापन भए भाटभटेनी बागलुङमा विस्तार गर्न तयार रहेको बताए । उनले जग्गा व्यवस्थापन भएमा १० महिना भित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । 

सबै व्यवसायीको एकै खालको गुनासो सुने पछि गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार तत्पर रहेको बताए । 'जसरी व्यवसाय रातारात सफल हुँदैन, त्यसैगरी सरकारले पनि रातारात परिवर्तन गर्न सक्दैन,' उनले भने, 'हामी गण्डकी प्रदेशमा उद्योग, व्यवसाय विस्तारका लागि जे जस्ता कानुनी अड्चन छन्, त्यो लगानीमैत्री बनाउन प्रदेश सरकार प्रतिवद्ध छ ।'

अहिले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको बताए । गृह जिल्लामा आएका प्रभु बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पनि बागलुङको सम्भावनामा लगानी गर्न इच्छुक र तत्पर रहेको बताए । कार्यक्रममा बागलुङका सांसद देवेन्द्र पौडेल, डा. सूर्य पाठकले आइमए ग्रुपलाई बागलुङ बजार या घोडाबाँधे, प्रभु ग्रुपलाई ढोरपाटनमा पाँच तारे होटल सञ्चालन गर्न आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.