भैरहवामा प्रदूषणका कारण स्कुल छाड्ने विद्यार्थी ८५ प्रतिशत

भैरहवामा प्रदूषणका कारण स्कुल छाड्ने विद्यार्थी ८५ प्रतिशत

भैरहवा : बढ्दो प्रदूषणका कारण यहाँका बालबालिका विद्यालय नजाने गरेको एक सर्वेक्षण रिपोर्टले देखाएको छ। युनिर्भसिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको सहयोगमा भैरहवास्थित प्रतिमान-निमा स्मिृत प्रतिष्ठानले एक वर्षमा गरेको घरेलु सर्वेक्षणले यस्तो परिणाम देखाएको हो।भैरहवा (सिद्धार्थनगर नगरपालिका) को १३ वटा वडामै पुगेर सर्वेक्षण गरिएको हो । जसबाट प्रदूषणका कारण बालबालिका बिरामी पर्ने र विद्यालय नजाने गरेको सर्वेक्षण रिपोर्टमा पाइएको छ ।

१३ वटा वडामा विभिन्न विद्यामा गरिएको सर्वेक्षणमध्ये क्रमस वडा नम्बर ४, १३, ९, ७, ५, र १२ मा वायु गुणस्तर खराब पाइएको छ । जसमध्ये ४ र १३ मा वायु गुणस्तर निकै खराब छ । त्यस्तै वडा नम्बर ९ र १२ को अवस्था पनि नाजुक छ । क्रमस : वडा नम्बर ८, ६, १ र २ मा वायु गुणस्तरको अवस्था मध्यम रहेको रिर्पोटले देखाएको छ ।

सबैभन्दा बढी प्रभावित वडा नम्बर ४ र १३ का बासिन्दा सबैभन्दा बढी धूलो प्रदूषणले बिरामी पर्ने गरेको अध्ययनको रिर्पोटले देखाएको छ । त्यस्तै प्रभावित वडावासीमा टाउको दुख्ने, कमजोरी, खोकी लाग्ने, श्वासप्रश्वास समस्या, आस्थमा, आँखा चिलाउने, नाक, कान, घाँटीको समस्या पाइएको प्रतिमान-निमा स्मिृत प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन्।

१३ वटा वडा मध्ये वडा नम्बर ४ र ५ का बालबालिका प्रदूषणले बिरामी परेपछि विद्यालयको अध्यापन छुट्ने गरेको सर्वेक्षणमा पाइएको उनले बताइन् । भने, वडा नम्बर १३ र आंशिक रुपमा वडा नम्बर ३ का बासिन्दा प्रदूषणले बिरामी परेपछि आफ्नो नियमित काम छोड्ने गरेका छन् । प्रदूषणले टाउको दुख्न थालेपछि ८५ प्रतिशत बालबालिका विद्यालय नजाने गरेको सर्वेक्षणमा पाइएको थापाले बताइन् ।

'प्रदूषणका कारण बालबालिकाले अध्यापन नै मिस गर्ने गरेका छन् , समाजको लागि यो राम्रो परिणाम होइन,' उनले अन्नपूर्ण पोस्ट्सँग भनिन् । त्यस्तै भैरहवाका बासिन्दा प्रदूषणले श्वासप्रश्वास समस्या पनि उस्तै रहेको छ । यहाँ गरिएको फोक्सो क्षमताको सर्वेक्षणमा बाहिरबाट स्वास्थ्य देखिए पनि श्वासप्रश्वास लिने बेलामा ४५ दशमलव ७० प्रतिशतमा श्वास प्रश्वासको समस्या देखिएको छ ।

त्यस्तै बाहिरबाट नै कमजोर देखिएका २७ दशमलव १५ प्रतिशतमा श्वासप्रश्वासमा समस्या देखिएको छ भने २७ दशमलव १५ प्रतिशतमा श्वासप्रश्वास समस्या समान्य छ । प्रदूषणका कारण श्वासप्रश्वास समस्याले सबैभन्दा बढी क्रमसः वडा नम्बर एक, १३ र ७ का बासिन्दा प्रभावित छन् । बाहिर काम गर्न जानेको व्यक्तिलाई श्वासप्रश्वासको समस्या बढी देखिएको छ ।

'प्रदूषणका कारण सर्वसाधरण बिरामी पर्ने गरेपनि सर्वेक्षणमा प्रदूषणबाट जोगिनका लागि कुनै उपायको प्रयोग नगर्नेको संख्या ठूलो पाइएको छ,' प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले अन्नपूर्ण पोष्ट्सँग भनिन्, 'अझै पनि नजोगिने' नजोगाउने हो भने अवस्था झन भयावह हुन्छ।'

उनका अनुसार सबैभन्दा बढी प्रदूषण बिहान ६ बजे देखि ८ बजेसम्म र राती ६ बजे देखि ८÷९ बजे सम्म हुने गर्दछ । इँट्टा उद्योग, बढ्दो शहरीकरण, गुइठा, टायरको प्रयोग, निर्माणलगायतका प्रदूषणका मुख्य कारक हुन् ।

सर्वेक्षण रिर्पोटमा प्रदूषणबाट जोगिनका लागि केही प्रतिशत सर्वसाधरण घरभित्रै बस्ने गरेको देखिएको छ । केही प्रतिशतले जोगिने उपायको प्रयोगलाई वाहियतको संज्ञा दिए भने केही प्रतिशतले आर्थिक अवस्थाको कमजोरका कारण जोगिनेको उपाय प्रर्योग नगरेको सर्वेक्षणमा बताए ।

प्रदूषणले पुरुषभन्दा महिला बढी प्रभावित र बिरामी पर्ने गरेको पाइएको छ । बढ्दो शहरीकरण, जनचेतनाको कमीका कारण सर्वसाधरण प्रदूषणको चपेटमा पर्दै गएको प्रतिष्ठानका प्रबन्ध निर्देशक धर्म केसीले बताए । अध्ययन, अनुसन्धानलाई प्राथमिकतामा राखेर तीनै तहका सरकार अघि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

उनका अनुसार छिमेकी मुलुक भारतका सहर प्रदूषित भएकाले त्यसको मारमा यस क्षेत्रका सर्वसाधरणहरु परिरहेका छन् । यो क्षेत्र औद्योगिक क्षेत्र पनि भएकोले प्रदूषणको चपेटमा परेको छ । निर्माणधिन सडक ठेकेदारले समयमा निर्माण नगर्दा सडकबाट उडेको धूलो पनि मानवजीवनमा धेरै असर परेको छ ।

'हाम्रो अध्ययन अनुसन्धान अनुसार प्रदूषणले मानवजीवनमा धेरै असर गरिरहेको छ, 'उनले भने, 'यसका लागि सर्वसाधरणले सावधानी अपनाउनुका साथै समाजमा जनचेतना फैलाउन निकै आवश्यक छ।'

प्रतिष्ठानले सन् २०१७ बाट भैरहवामा इन्डोर (कोठा भित्र) वायु प्रदूषण मापन यन्त्र (र्पपल एअर) जडान गरेर पनि प्रदूषणको अवस्थाबारे अध्ययन अनुसन्धान जारी राखेको छ । उक्त अध्ययन अनुसार जाडोयाममा कोठाभित्र वायु गुणवत्ता सूचांक ३ सय ५० देखि चार सयसम्म पाइएको थियो । 

जबकी १ देखि ५० सम्म वायु गुणवत्ता सूचांकलाई स्वच्छ र राम्रो मानिन्छ । जाडोयाम भन्दा वर्षायाममा वायु गुणवत्ता सुचांक कम थियो । वर्षायाममा १ देखि ५० भित्रै वायु गुणवत्ता सुचांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सुचांक पाइएको थियो । रिपोर्टअनुसार यस क्षेत्रमा कोठा भित्र पनि स्वच्छ वायु छैन ।

उपग्रहको माध्यमले पनि यस क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गर्नका लागि नासाका वैज्ञानिकसँग संवाद भइरहेकाले छिट्टै उपग्रह र प्राविधिक मापन यन्त्र दुवैले यस क्षेत्रको प्रदूषणबारे थप अध्ययन अनुसन्धान गरिने प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.