एकै दिन सुत्केरी भएका दुई जनाको मृत्यु भएपछि शल्यक्रिया सेवा बन्द

एकै दिन सुत्केरी भएका दुई जनाको मृत्यु भएपछि शल्यक्रिया सेवा बन्द

वीरगन्ज : वीरगन्जको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकै दिन शल्यक्रिया गरिएका दुई महिलाको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका छन्। 

पुस ८ गते मङगलबार प्रसूतीका लागि बाराको कलैया उपमहानगरपालिका ४ की ३० वर्षीया अमृता श्रेष्ठ र बाराकै पचरौता नगरपालिका १ कि सुनीता देवी ठाकुर प्रभु हस्पिटलमा भर्ना भएका थिए। 

पुष ८ गते नै राति अस्पतालकी सन्चालकसमेत रहेकी डाक्टर लक्ष्मी थापाले दुवै महिलाको शल्यक्रिया गरेर  बच्चा जन्मिएका थिए। शल्यक्रिया गरेर बच्चा जन्माएकी अमृताको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेल्टिनेटरमा राखेको अवस्थामा पुस ९ गते बिहान ७ बजे  मृत्यु भएको थियो। 

अर्की सुत्ेकरी सुनिताको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर थापाकै सिफारिसमा सुनिताका आफन्तले उनलाई पुस ९ गते साँझ चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा लगेर भर्ना गरेका थिए। 

भरतपुरको मेडिकल कलेजमा भर्ना गरिएकी सुनिताको शुक्रबार बिहान २ बजे तिर निधन भएको थियो। मृतक दुवै महिलाका परिवारका सदस्यले प्रभु अस्पतालकी सन्चालकसमेत रहेकी डाक्टर थापाकै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। 

मङगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर मृतक दुवै महिलाका परिवारका सदस्यले अस्पतालका डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन्। 

मृतक अमृताका श्रीमान् मनोहर साहका अनुसार पुस ८ गते प्रसूतीका लागि अस्पतालमा भर्ना गर्दा सुरु डाक्टर थापाले नर्मल डिलेभरी हुन्छ भनेर बताएकी थिइन्। तर राति १० बजे डाक्टर थापाले बच्चाको टाउको ठूलो भएकाले तत्कालै अप्रेशन गर्नु पर्ने अन्यथा आमा र शिशु दुवैको ज्यान जान सक्ने भन्दै दबाब दिएपछि अप्रेशनका लागि आफूहरु राजी भएको श्रीमान् साहले बताए। शल्यक्रियाको भोलिपल्ट भेन्टिलेटरमै उनको निधन भको साहले बताए। 

अर्की मृतक महिला सुनिता देवीका जेठाजु साहेब ठाकुरले पनि चिकित्सककै लापरबाहीका कारण बुहारीको ज्यान गएको बताए। चेकजाँचपछि बच्चाको टाउको ठूलो भएको भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए। 

‘राति साढे ९ बजे अप्रेशन गरेर बच्चा जन्मियो । पुस ९ गते साँझ ५ बजे तिर चिकित्सकले  आमाको पिसाब रोकियो, किड्नी र लिभर दुवैले अचानक काम गर्न छोड्यो’, चिकित्सकको भनाइ उद्धृत गदैृ उनले भने, ‘यहाँ उपचार हुन सक्दैन भरतपुरको मेडिकल कलेजमा हानुहोस् भनेपछि हामीले एम्बुलेन्समा दिन भरतपुर लग्यौँ।’ भरतपुर लगिएको दोस्रो दिन उनको पनि निधन भएको हो। 

पत्रकार सम्मलेनमा मृतक अमृता र सुनिताका आफन्तले अस्पतालले मृत्युको कारण बारे अस्पतालले आधिकारिक रुपमा अहिलेसम्म पनि केही नबताएको बताए। उनीहरुले अस्पताललाई बन्द गरी उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न माग गरेका छन्। 

घटना भएकै दिनदेखि अस्पतालको शल्यक्रिया विभाग नै बन्द छ। यता प्रभु हस्पिटलका मेडिकल डाइरेक्टर  अभिषेक अर्यालले भने उपचारमा कुनै प्रकारको लापरबाही नगरिएको दाबी गरे। 

‘यो घटना बारे छानबिन गर्न अस्पताल आफैले मेडिकल काउन्सिललाइ पत्रचार गरिसकेको छ’ , डाक्टर अर्यालले भने ,‘काउन्सिलबाट छानबिनको रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने तय गर्छौ।’    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.