मौसम खराब हुँदा दिनभर उडान प्रभावित

मौसम खराब हुँदा दिनभर उडान प्रभावित

काठमाडौं : मौसम खराब हुँदा शुक्रबार बिहानैदेखि उडान प्रभावित भएका छन्। कम भिजिबिलिटी हुँदा बिहानैदेखि आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावित भएका हुन्। 

खराब मौसमले दुई अन्तर्राष्ट्रिय उठान रद्ध भएका छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानसमेत प्रभावित भएका छन्। 

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा हुने आन्तरिक उडान पूर्ण प्रभावित भएका छन्। सहरी क्षेत्रका विमानस्थलमा भने उडान प्रभावित भएका छैनन्। 

प्रविधिको सहायता (आइएफआर)मार्फत सहरी क्षेत्रका विमानस्थलमा सबै उडान नियमित भइराखेका छन्। आँखाले देखेको अवस्थामा मात्रै हुने (भीएइफआर)का आन्तरिक उडान तथा हेलिकप्टरका उडान भने प्रभावित भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय उडान सबै आइएफआर हुने भएकोले खासै प्रभावित नभएको कर्णको भनाइ छ।

पहाडी क्षेत्र र उच्च हिमाली क्षेत्रका विमानस्थलमा भने हिमपात भइरहेकाले उडान प्रभावित भएका छन्।  वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार नियमित उडानका जहाज उडेपनि बिहान पहिलो चरणमा भएको एकएक उडानपछि भने हेलिकप्टर उडान ठप्प भएको छ। 

उनका अनुसार सिम्रिक, हेली एभरेष्ट, मनाङ र डाइनेष्टि एयरले एकएक उडान गर्न सकेका छन्। अन्य हेलिकप्टरको भने उडान हुन सकेनन्। मौसमको खराबीका कारण शुक्रबार काठमाडौंबाट बाहिरिने करिब १० हेलिकप्टरका उडान हुन सकेनन्।

अन्तर्राष्ट्रिय उडानमा सिचुवायन र एयर चाइनाको मात्रै उडान रद्द भएको हो। अरु चारपाँच वायुसेवा डाइभर्ट भएका छन्। ‘अन्य उडानमा समस्या छैन्’, कर्णले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.