पत्रकारलाई सेनाको तालिम
काठमाडौं : नेपाली सेनाले विभिन्न मिडियाहरु आवद्ध रक्षा संवाददाताहरुलाई तालिम दिएको छ। सेनाले विभिन्न मिडियामा आवद्ध २४ जना पत्रकारहरुलाई तालिम दिएको हो।
समाचार सम्प्रेषणमा सहज हुने उदेश्यले तालिम सञ्चालन गरेको सेनाले जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय र उपत्यका पृतना हेकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रम शुक्रबार उपत्यका पृतनाका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठले समापन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !