आयुर्वेद उपचारतर्फ आकर्षण

आयुर्वेद उपचारतर्फ आकर्षण

बाजुरा : बडिमालिका नगरपालिका–९ बस्ने ४५ वर्षीया गंगा नेपाली शरीर दुख्ने, झमझमाउने समस्याले ग्रसित थिइन्। जिल्ला अस्पताल बाजुरामार अन्य औषधि पसलमा उपचार गरिन् तर उनलाई सन्चो भएन। उनलाई प्रायः अस्पताल धाइरहनुपरेको थियो। पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराएपछि सन्चो भएको उनले बताइन्।

गंगाले भनिन्, ‘अस्पतालमा पुर्जीको समेत पैसा लाग्थ्यो, औषधि किन्नुपर्ने बाध्यता थियो, यहाँ त सबै निःशुल्क रहेछ।’ उनलाई पूर्वकर्म, सर्वांग स्वेदन सेवासहित औषधि दिइएको थियो। उनीजस्तै वन डिभिजन कार्यालय बाजुरामा कार्यरत कर्मचारी दीपक सुनारलाई ढाड दुख्ने समस्या थियो। उनले पनि मेडिकलबाट औषधि लिए तर सन्चो भएन। पछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्दा सन्चो भएको उनले बताए।

‘कुनै समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा उपचार हुन्छ भन्नेसमेत थाहा हुँदैनथ्यो। कर्मचारी घाम तापेर बस्थे, अहिले बिरामीको निकै घुइँचो लाग्ने गरेको छ’, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य काशी विकले भने। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क उपचार गर्दै आएको छ। दैनिक सरदर २० जनासम्म उपचार गर्न आउने गरेको निमित्त कार्यालय प्रमुख दीक्षा भण्डारीले जानकारी दिइन्।

आयुर्वेद अस्पतालमा बाथ, अमलपित्त, दम, खोकी, पिनास, ग्यास्ट्राइट्रिक, पाइल्स, छाला रोग, स्त्री रोग, उच्चरक्तचापलगायत रोगको उपचार हुने गरेको भण्डारीले बताइन्। साथै, अस्पतालले सुनौला हजार दिनका आमालाई दूध बढाउने औषधि र ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण गर्दै आएको छ। अस्पतालमा ओपीडी सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा र औषधि वितरण हुने गरेको बडिमालिका नगर उपप्रमुख कविता विष्टले जानकारी दिइन्। उनले भनिन्, ‘बाजुरामा आयुर्वेद तरिकाले उपचार हुन्छ भन्ने चेतना पनि निकै कम रहेछ, धेरै प्रयासपछि बल्ल उपचारमा आउने गरेका छन्।’ अझै स्थानीयस्तरमा उपचारबारे जानकारीमूलक कार्यक्रम गरिने निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.