खाडीका नेपालीबारे चिन्ता : परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

खाडीका नेपालीबारे चिन्ता : परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

काठमाडौं : अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ। त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ।

‘हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार अन्नपूर्णसँग भने, ‘समस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं।’ बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन। यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

खाडीमा रहेका नेपाली कामदारसँग प्रत्यक्ष सरोकार राख्ने आकस्मिक बठकर श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मन्त्री र अधिकारीहरु बीच छलफल भएको हो। छलफलमा मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिएको छ। उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

ती दूतावासहरुको प्रतिवेदनका आधारमा त्यस क्षेत्रमा आफ्नो धारणा तय गर्ने र यसबारे विज्ञ बहस पनि गर्ने तयारी मन्त्रालयको छ।

इराक र इरानमा तनाव बढेपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहने र परिस्थिति थप बिग्रिएमा तत्काल उद्धार प्रक्रिया अघि बढाउनेसम्मका तयारी गरेको हो। इरानसमेत हेर्ने पाकिस्ता स्थित नेपाली दूतावास र इराक हेर्ने कुवेत स्थित दूतावासलाई त्यहाँको परिस्थितिको विश्लेषण गर्न र आफ्ना नागरिकसँग सम्पर्कमा रहन परराष्ट्रले आइतबार नै निर्देशन दिएको छ। पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीलाई सम्पर्क गर्दै त्यहाँको अवस्थाबारे जानकारी दिन भनिएको हो। त्यहाँको परिस्थितिको वास्तविक मुल्यांकन गरेर त्यसको रिपोर्ट मन्त्रालय पठाउनसमेत उनीहरुलाई भनिएको छ। आवश्यक परे त्यस क्षेत्रमा दूतको रुपमा गएर समेत उद्धारमा खटिने प्रकारको तयारी परराष्ट्रले गरेको छ।

गत शुक्रबार देखि अमेरिका र इरानबीच तनाव बढेपछि परराष्ट्रले कुनै त्यस्तो खास परिस्थिति उत्पन्न भए तत्काल उद्धारको लागि दुतावासलाई निर्देशन गर्दै २४ सै घण्टा सम्पर्कमा रहिरहन भनेको छ।

पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार इरानमा हालसम्म २५ जना नेपाली सम्पर्कमा आएका छन। इराकमा १५ हजार बढि नेपाली रहेको अनुमान छ। इराकमा काम गर्न जान पाउँदैनन तर अनेकन उपाएबाट पुगेर काम गरिरहेकालाई भने सरकारले छुट दिएको छ। यद्यपि उनीहरुको कुनै आधिकारिक तथ्यांक छैन। तर खाडीमा कति नेपाली छन भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन। जनगणनालाई आधारमान्दा २० लाख पनि पुग्दैनन। तर, वास्तविकतामा मलेसियासहित ३० लाख बढि रहेको अनुमान सरकारको छ।

पश्चिम एसियामा देखिएको राजनीतिक संकटले नेपालको अर्थतन्त्रलाई समेत प्रभावित पार्ने देखिएको छ। साउदी, कतार, मलेसिया, यूएई, बहराईन, कुबेत, इजरायल र लेबलान लगायतका मुलुकबाट नेपालमा वर्षेनि तीन खर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिंदै आएको राष्ट्र बैंकको तथ्यांक छ।

अमेरिकाले ड्रोन आक्रमण गरी शुक्रबार सोलेमानीलाई बग्दादमा मारेको अन्तराष्ट्रिय संचार माध्यममा आएको दुई दिनपछि सरकारले त्यहाँ रहेका नेपालीको अवस्थाबारेमा चासो राखेको हो। इरानले यसको ‘कडा बदला’ लिने घोषणा र पछिल्लो अवस्थाले सरकार बढी नै गम्भीर बनेको छ।

इराकमा रहेका आफ्ना नागरिकमाथि हुनसक्ने सम्भावित आक्रमणबाट जोगाउन अमेरिकाले तत्काल इराक छोड्न सूचना जारी गरेको छ। गत साताको आरम्भमा प्रदर्शनकारीले बग्दादमा रहेको अमेरिकी दूतावासमा आक्रमण गरे भने आइतबार पनि दूतावास नजिकै बम बिस्फोट भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इराकको बग्दादमा इरानका सैन्य जनरल कासेम सोलेमानी मारिएपछि खाडि क्षेत्रमा पूरै त्रास फैलिएको हो। इरानले पनि जवाफी कारबाही गर्ने भनेपछि त्यहाँ थप समस्या सिर्जना हुने भएको छ।

अमेरिका र इरानबीच लामो समय देखिको तनाव अहिले थप उत्कर्षमा पुगेको हो। इराक र इरान दुवै मुलुकमा अमेरिका विरोधी प्रदर्शनहरू भइरहेका छन् भने त्यहाँ अमेरिकी सैन्यको कुनै कारबाही भएका युद्ध भड्कने भनिएको र विश्वका नेताहरुले दुवै तर्फ संयमता अपनाउन भनेका छन।

अमेरिकाले इरानका ५२ स्थानलाई आफ्नो निशानामा राखेको जनाएको छ। यही कारण पनि खाडीमा झन सन्त्रास फैलिएको जानकारी दूतावासले दिएको छ। कुनै पनि समय युद्ध हुनसक्ने आंकलन खाडी राष्ट्रले गरेकाले सरकार यसमा गम्भीर बनेको छ। त्यही आंकलनको बीचमा अमेरिकाले आप्mना नागरिकलाई तत्काल इराक छाड्न सूचना जारी गरेपछि झन युद्धको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन््। यद्यपि, अमेरिकाले इरानसँग आफूले युद्ध नचाहेको बताउँदै आएको छ। केही मुलुकले अमेरिकामा रहेका आफ्ना नागरिकलाई समेत सुरक्षित रहन विज्ञप्ति जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.