ओली र देउवालाई भेटेलगत्तै गाउँ पसे प्रचण्ड

ओली र देउवालाई भेटेलगत्तै गाउँ पसे प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको एउटा गाउँ कदमबास गएका छन् ।

सोमबार दिउँसो ओली र देउवासँग छलफल सकेपछि साँझ नै सिन्धुपाल्चोकको कमदबास पुगेका हुन् । जुन सुकुटेभन्‍दा करिव छ किलोमिटर माथि पर्छ। प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे जाने गरेका थिए ।

सोमबार बिहान देउवा निवास बुढानिलकण्ठमा द्धन्द्धकालीन घटना छानबिन गर्न गठित सत्य निरुण तथा मेलमिलाप र बेपत्ता आयोगमा १० महिनादेखि पदाधिकारीबिहीनबारे छलफल भएको थियो।

सत्यनिरुण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति गरेर द्धन्द्धकालीन मुद्दालाई चाँडै टुंगोमा पुर्‍याउने प्रचण्ड-देउवाबीच सकरात्मक छलफल भएको बताइन्छ। देउवाँसग भेट सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। बालुवाटारमा ओलीसँग छलफल सकेपछि लगत्तै उनी कदमबासको ९ नम्बर वडामा गएका हुन्।

जनतासँग भलाकुसारी गर्ने र जनताकै घरमा गएर बास बस्ने अध्यक्षको चाहनाअनुसार कदमबास आएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। उनका अनुसार प्रचण्ड सोमबार साँझ पार्टीका वडाध्यक्ष बलराम गिरीको घरमा बास बस्ने र मंगलबार बिहान काठमाडौं फर्कने कार्यक्रम छ। अध्यक्ष प्रचण्डसँगै नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा, पत्नि सीता दाहाल र तीन नातिनी छन्।

प्रचण्ड पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक गएका थिए। हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा तत्कालीन माओवादी नेता ध्रुव पराजुलीको बेसीघरमा बास बसेका प्रचण्ड दोस्रो पटक २०५१ सालमा जनयुद्धको तयारीका लागि सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एक रात प्रशिक्षण दिएर फर्किएका थिए। त्यसपछि भने उनी युद्ध अवधिभर सिन्धुपाल्चोक फर्किएनन्।

०५२ सालदेखि प्रचण्डकै नेतृत्वमा तत्कालीन माओवादीले युद्ध सुरु गर्‍यो । देशमा शान्ति प्रक्रिया आएपछि ०६३ सालको दसैं मनाउन प्रचण्ड परिवासहित नेता सापकोटाको नौबिसेमा रहेको घरमा गए। प्रचण्ड तीन दिन बसेर काठमाडौं फर्किएका थिए। त्यसपछि २०६८ मा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक पनि सुकुटेमै राखिएको थियो ।

०७१ सालमा जुरेमा पहिरो गएको बेला प्रचण्ड पहिरो छिचोल्दै हिँडेरै बाह्रबिसे पुगेका थिए। ०७२ सालको विनाशकारी भूकम्पले ढलेको साँगाचोकस्थित जनजागृति माविमा टहरा बनाउन पुगेका उनी त्यसपछि ०७५ बैशाख ७ गते सुकुटे गएका थिए। त्यसको ठीक एक वर्षपछि ०७६ बैशाख ६ गते पनि फ्रेस हुन भन्दै प्रचण्ड सुटुक्क सुकेट पुगेका थिए।

प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय लिनुअघि सिन्धुपाल्चोकको सुकुटे जाने गरेका थिए। राजनीतिमा उत्तारचढाव आउने बित्तिकै प्रचण्डले सिन्धुपाल्चोक नै 'जक्सन' बनाउने गरेका छन्। सभामुख चयन गर्ने विषयमा नेकपाभित्र चर्को विवाद छ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान राखेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले हालकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने दबाब दिइरहेकी छिन्।

यता प्रचण्ड भने नेता अग्नि सापकोटालाई बनाउनुपर्ने अडानमा छन्।संवैधानिक निकायका प्रमुख जति सबै पूर्वएमालेलाई दिन नहुने भन्दै प्रचण्डलाई पूर्वमाओवादी समूहले चर्को दबाब दिएका छन्। पार्टी एकता प्रक्रियामा भातृ संगठनसमेत चरम विवाद छ। पुस २३ गते डाकिएको केन्द्रीय कमिटी बैठक राष्ट्रियसभाको चुनाव भन्दै माघ १५ गतेका लागि धकेलिएको छ।

त्यसो त नेकपाभित्र अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज (एमसीसी)बारे पनि चर्को विवाद छ। प्रचण्ड कुनै हालतमा नेपाल एमसीसी लागू गर्न नहुने पक्षमा छन्। प्रधानमन्त्री ओली भने एमसीसी जसरी पनि नेपालमा लागू गर्ने कसरतमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.