अवैधरुपमा नेपाल प्रवेश गरेका ४ भुटानी र १ तिब्बती नागरिक पक्राउ

अवैधरुपमा नेपाल प्रवेश गरेका ४ भुटानी र १ तिब्बती नागरिक पक्राउ

वीरगन्ज : अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चारजना भुटानी र एकजना तिब्बती नागरिक वीरगन्ज नाकाबाट पक्राउ परेका छन् । वीरगन्ज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरीले सोमबार राती उनीहरुलाई वीरगन्ज नाकाबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा भुटानी नागरिक १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तमाङ, ६५ वर्षीय डोल्मा तमाङ, ७० वर्षीय ज्ञानबहादुर तमाङ र तिब्बती नागरिक ४० वर्षीय कुनचोक ट्सोमो रहेका छन् ।

भारतको बोधगया पटनाहुँदै  काठमाडौं आउँदै गरेको बा ५ख २३८८ नम्बरको 'नेपाल भारत मैत्री सेवा' बस वीरगन्ज नाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा पासपोर्ट र भिसा नभएका ४ जना भुटानी र १  जना तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको हो । 

बसमा चेकजाचका क्रममा उनीहरुसँग पासपोर्ट र भिसा नभएकाले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वीरगन्ज नाकामै रहेको अध्यागमन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए।

'उनीहरुसँग आइडी कार्ड मात्र थियो, पासपोर्ट र भिसा थिएन, खत्रीले भने, 'हामीले नियन्त्रणमा लिएपछि पाँचैजनाले आफूहरुलाई भारततर्फ फर्काइ दिन आग्रह पनि गरेका थिए, तर हामीले उनीहरुलाई सोमबार राती अध्यागमन कार्यालयमा बुझाइ दियौं।  

अध्यागमन कार्यालय वीरगन्जका प्रमुख अध्यागमन अधिकृत सन्जु सुनारले उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग पठाउने जानकारी दिए।

पासपोर्ट नलिइ आएका विदेशी नागरिक फेला परे अध्यागमन कार्यालयका कर्मचारी साथ लगाएर विभाग पठाउने गरिएको र विभागले नै त्यसपछिका प्रक्रिया अगाडि बढाउने उनले बताए । यसअघि गत असोजमा पनि नेपाल-भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.