चिनियाँ रेलका लागि नेपाली दक्ष जनशक्तिको तयारी

चिनियाँ रेलका लागि नेपाली दक्ष जनशक्तिको तयारी

बेइजिङ : नेपाल–चीनबीच रेल सञ्चालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बधमा चीनको प्राचीन राजधानी शहर सिआनमा सम्झौता भएको छ। सम्झौता अनुसार, यो वर्ष दसजना नेपाली विद्यार्थीलाई रेल सञ्चालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ।

चीनको सिआन शहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो। बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा देवी आचार्य र सिआन रेल्वे कलेजकातर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे। रेलसम्बन्धमा आवश्यकता अनुरूप दक्ष जनशक्ति निर्माणका लागि भविष्यमा संख्या बढाउन सकिने पनि बताइएको छ। गत असोजमा चिनियाँ राष्ट्राध्यक्षको नेपालको राजकीय भ्रमण क्रममा बुटवल उपमहानगरपालिका र सिआन शहरबीच भगिनीसम्बन्ध स्थापना भएको थियो।

सम्झौतासँगै बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ। सिआन रल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल सञ्चालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ। सम्झौताबाट रेल सञ्चालनका लागि आवश्यक चालक, सहचालक तथा रेल र रेलमार्ग मर्मत कर्मचारी उत्पादन हुनेछन्। रेलसम्बन्धी विशेष तालिम विषय अनुसार दुईदेखि चार वर्षको हुनेछ।

ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटीका अध्यक्ष डा.राजिव झाका अनुसार केरूङबाट काठमाडौंसम्मको चिनियाँ रेल सन् २०२६ सम्ममा काठमाडौंमा आइपुग्ने छ। अध्ययन प्रतिवेदनले भने काम सुरु भएदेखि तयार हुन नौ वर्ष लाग्ने देखाएको छ।

डा.झा भन्छन्, ‘काम सुरु नै भएन भने त अर्कै कुरा हो तर सुरु भएको ६ वर्ष भित्रमा रेल गुड्ने छ।’ उनी ठोकुवा गर्छन्, ‘रेल मात्र गएर भएन नेपालमै अबको पाँच वर्षमा आवश्यक दक्ष जनशक्ति तयार गर्नुपर्छ। त्यही भएर यो सम्झौता आवश्यक थियो।’

सम्झौता उनैको ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटीको सक्रियतामा भएको हो। यसै संस्थामार्फत चालु सेमेस्टरदेखि सियान युनिभर्सिटीमा २० जना आर्थिकस्थिति कमजोर भएका नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको छ। हाल ती विद्यार्थी इञ्जिनियरिङ, वाणिज्यलगायतका विविध विषयमा स्नातक तहमा अध्ययनरत् छन्।

हाल २१ जनाको टोली बिआरआईलगायत समसामयिक विषय तथा चिनियाँ विकाससम्बन्धमा जानकारीका साथै तालिमका लागि सिआनमा छन्। ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटी तथा सिआन नगर सरकारको संयुक्त संयोजकत्वमा टोली एक साताका लागि चीन आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.