गाउँमै करोडौं मूल्यको बाख्रा फार्म

गाउँमै करोडौं मूल्यको बाख्रा फार्म

बागलुङ : गाउँमा सम्भावना थोरै छन्। अवसर नभएको भन्दै युवा विदेश पलायन भइरहेका छन्। तर, केही युवा गाउँबाट युवा विदेश पलायन भएको देखेर गाउँमै केही गर्नुपर्छ भनेर लागिपरेका छन्। तीनै मध्येका उदाहरणीय पात्र हुन् बागलुङ गल्कोट नगरपालिका–१ दुदीलाभाटीका कुँवर दम्पती। दुदीलाभाटीका गमबहादुर कुँवर (२९) र निरु कुँवर (२४) ले गाउँमै झन्डै एक करोड लगानी गरेर बाख्रापालन व्यवसाय सुरु गरे।

२०७४ सालमा पाँच वटा बाख्राबाट सुरु गरेको फार्ममा अहिले एक सयभन्दा बढी बाख्रा छन्। दुई वटा बोयर जातका बोका पनि छन्। बोयर जातको एउटा बोकालाई चितवनबाट दुई लाख ५० हजारमा किनेर ल्याएको कुँवर बताउँछन्। बाख्रा फार्ममा चार वटा आकर्षक खोर छन्।

बाउबाजेको पालादेखि बाख्रा पाल्दै आएकाले निर्वाहमुखीलाई आफूले व्यावसायिक बनाएको कुँवर दम्पती बताउँछन्। आर्थिक अवस्था कमजोर भएकै कारण कृषि पढेर कोरिया पुगेका गमबहादुर पाँच वर्षमा गाउँ फर्किएका थिए। कोरियामा रहँदा सिकेको सिपलाई देशमै प्रयोग गर्ने उद्देश्यका साथ नेपाल आएका कुँवर अहिले गाउँमै ठूलो लगानी गरेर व्यावसायिक रूपमा लागेको बताउँछन्। गाउँमा घर पातलो र जग्गा जमिन धेरै हुने भएकाले पशुपालन गर्न उपर्युक्त भएको उनी बताउँछन्।

‘जागिर खान भौतिारिए, पछि विदेश पनि गएँ। त्यहाँ पुगेपछि धेरै दुःख देखे भोगे’, गमबहादुरले भने, ‘कृषि पढेकाले व्यवसाय गर्ने मन थियो, गाउँघरमा घाँसको समस्या छैन, चरन र स्रोत साधनको समस्या नभएकाले बाख्रापालनमा लागेको हुँ।’

लोकल बाख्रा र बोयर बोकाबाट उन्नत जातको बाख्रा उत्पादन गरेर स्थानीय बजारमै बिक्री गर्ने गरेका छन्। उत्पादित बाख्रा एवं मासुको बजारीकरणका लागि कुनै समस्या नभएको कुँवरले बताए।

कुँवरकी श्रीमती निरु कुँवरले पनि गमबहादुरलाई सघाएका छन्। स्थानीय स्तरमा काम गर्ने जनशक्ति र इच्छाशक्तिको अभावले समस्या भइरहेको उनी बताउँछन्। कुँवर दम्पतीले ६ जनालाई रोजगारी दिएका छन्। घाँस काट्ने एवं बाख्राको स्याहार सुसार गर्ने कामदारलाई खान बस्नबाहेक जनही २० हजारभन्दा बढी मासिक तलब दिएर काम गराइरहेका छन्।

नेपालमै मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कुँवर दम्पती बनेका छन्। अहिलेसम्म उनीहरूले कतैबाट सहयोग पाएका छैनन्। ‘यो ठाउँमा बाख्रापालन व्यवसायको राम्रो सम्भावना छ’, गलकोट नगरपालिका १ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले भने, ‘यसको उदाहरण गमबहादुर कुँवर दम्पती हुन्, रेमिट्यान्सका लागि प्रसिद्ध गलकोट क्षेत्रमा उनीहरू गाउँमै केही गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बनेका छन्।’ बाख्रापालन व्यवसाय गर्नेलाई वडा, नगरपालिकाका साथै माथिल्ला सरकारबाट सहयोगका लागि पहल गर्ने अध्यक्ष बुढाथोकीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.