मेयर कप फुटबल अब राष्ट्रव्यापी

मेयर कप फुटबल अब राष्ट्रव्यापी

बागलुङ : प्रादेशिक रूपमा सुरु गरिएको मेयर कप फुटबल अब राष्ट्रिय स्तरको प्रतियोगिताका रूपमा आयोजना गरिने भएको छ। २०७४ सालमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय मेयर कप फुटबल आयोजना गरेको बागलुङ नगरपालिकाले जिल्ला फुटबल संघ बागलुङको समन्वयमा यस पटकको प्रतियोगिता राष्ट्रिय स्तरको बनाएको हो।

सहिद दिवसको अवसर पारेर आगामी माघ १६ देखि २२ सम्म मेयर कप आयोजना गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए। प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले नगरसभामार्फत २१ लाख ९६ हजार बजेट विनियोजन गरेको छ। बागलुङ नगरपालिका–१ को बांगेचौर खेलमैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ देखि २० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

‘स्थानीय तहको निर्वाचनको पहिलो वर्ष सुरुआत भएकाले प्रादेशिक स्तरमा गरेका थियौं’, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले भने, ‘प्रादेशिक रूपमा गर्दा प्रतिस्पर्धा र खेलको दायरा अझ साँघुरो भएजस्तो आभास र अनुभूति भएकाले अहिले प्रतिस्पर्धाको दायरा फराकिलो बनाएका छौं।’ उनले मेयर कप फुटबलले खेलकुदको माध्यमबाट खेल प्रवद्र्धन गर्न महत्वत्पूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे। प्रतियोगितामा देशभरका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले भाग लिन पाउनेछन्।

प्रतियोगिताको उपाधि विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई टोलीले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फका उत्कृष्टले जनही पाँच हजारका दरले नगद पुरस्कार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याचले दुई हजार पुरस्कार पाउनेछन्।

नगरपालिकाले २०७४ सालमा गण्डकी प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरालाई पराजित गर्दै उपाधि जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.