किमाथांका नाका सुरक्षामा सशस्त्र

किमाथांका नाका सुरक्षामा सशस्त्र

संखुवासभा : सीमावर्ती क्षेत्र किमाथांका नाकाको सुरक्षामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोस्ट स्थापना गरेको छ। १० जना नेपाल प्रहरीले सुरक्षा दिइरहेको यस नाकामा सशस्त्र प्रहरीका २६ जना सुरक्षाकर्मीसहितको पोस्ट (बीओपी) स्थापना भएको हो।

भोटखोला गाउँपालिका–१, किमाथांकामा घरभाडामा लिएर सीमा सुरक्षा पोस्ट स्थापना गरिएको अरुण गुल्म चैनपुरका डीएसपी बासुदेव महतले जानकारी दिए। चीनको तिब्तसँग जोडिएको यस नाकाको सुरक्षामा पहिलोपटक ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

सीमा सुरक्षा संवेदनशिलतालाई लिएर सशस्त्र प्रहरीको सुरक्षा पोस्ट खडा गरिएको डीएसपी महतले बताए। देशका विभिन्न स्थानमा सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा सशस्त्रको पोस्ट स्थापना गरिएको हो। सीमामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै स्थानीयले प्रशासनको आलोचना गर्दै आएका थिए। सडक सञ्जाल नजोडिएको र हिमपातका कारण नाकासम्म पुग्ने बाटो बन्द भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीलाई सीमामा पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक देवराम राईको कमाण्डमा २६ जना सशस्त्र प्रहरीको टोली सीमा सुरक्षाका लागि किमाथांका पुगेको हो। गाउँपालिका अध्यक्षको दुईवटा घर भाडामा लिएर पोस्ट सञ्चालन भएको छ। किमाथांका नाकामा पोस्ट मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति डिआईजी नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन दुलालले उद्घाटन गरे।

सीमाबाट हुने चोरी, पैठारी नियन्त्रण, अपराध नियन्त्रण तथा सीमास्तम्भको सुरक्षामा सशस्त्र प्रहरी परिचालित हुने बताइएको छ। पोस्टका लागि ३५ जनाको दरबन्दी भए पनि अहिले २६ जना मात्र लगिएको छ। किमाथांका नाका सदरमुकाम खाँदबारीबाट ११० किलोमिटरको दूरीमा पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.