चुरे दोहन निरन्तर

चुरे दोहन निरन्तर

विराटनगर : झापाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन तीव्र छ। मेचीनगर नगरपालिकाले यो क्षेत्रमा लामो समयदेखि नदी उत्खननमा रोक लगाएको थियो । तर, उत्खनन रोकिएको छैन। मेचीनगर १ को यो चुरे क्षेत्र हो । चुरेमा भइरहेको चरम दोहनबारे स्थानीयले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि रोक्न चासो दिएको छैन।

इलामको रोङ गाउँपालिकाले ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको स्थानमा उत्खनन नरोकिएपछि सलकपुर गाउँका स्थानीयले सिद्धि नहरको गेट बन्द गरे। असोज पहिलो सातादेखि नै यस क्षेत्रमा स्थानीय तहले चासो नदिँदा नागरिकले नै नहर बन्द गरे। झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमानामा देखिएको समस्या समाधानमा झापाकै स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार तामाङले बताए।

मोरङको चुरे क्षेत्रमा ढुंगा, गिट्टी र नदीजन्य सामग्री दोहन भइरहँदा पनि अनुगमन गर्नुपर्ने निकाय चुप छन्। लेटाङ नगरपालिकाको १ र ६ मा पर्ने चुरे क्षेत्रबाट निर्वाध ढुंगागिट्टी उत्खनन भइरहेको छ। लेटाङकै चिसाङ खोलाबाट तोकेभन्दा तेब्बर बढी नदीजन्य सामग्री उत्खनन गरिएको छ। दोहन रोक्न जनप्रतिनिधिको समेत मिलेमतो रहेको स्थानीय बासिन्दाको आरोप छ।

चुरे विनाशबाट उदयपुर पनि अछुतो छैन। उदयपुरको सबैभन्दा ठूलो नदी त्रियुगामा २०४५ साल भदौमा आएको बाढीले खेत बगाउँदा स्थानीय केही परिवार सुकुम्बासी बने। सबै जग्गा बाढी र बालुवाले पुर्दा सुकुम्बासी बनेका सुन्दरपुर ५ खेराटोलका ९० वर्षीय गणेशप्रसाद सुवेदी चुरे दोहनको क्षति आपूmले बेहोर्नुपरेको गुनासो गरे। नदी आसपासको चुरे क्षेत्रको दोहनले यस्तो क्षति बढाइरहेको छ। ०३० देखि ०७६ को अवधिमा चुरे वन विनाशलगायत वातावरणमा पर्न गएको असरका कारण यो स्थिति सिर्जना भएको स्थानीय बुद्धिजीवी ईश्वर तामाङले बताए।

यी घटना प्रदेश १ का चुरे क्षेत्रमा देखिएका प्रमुख उदाहरण हुन्।

प्रदेश १ का ७ जिल्लामा फैलिएको चुरे वन क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ। प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र भोजपुरलाई चुरे वन क्षेत्रले समेटेको छ। यी सबै स्थान अतिक्रमणबाट अछुतो छैनन्।

झापा र इलामको सिमानामा रहेको चुरे क्षेत्रको अतिक्रमण र दोहनले प्राकृतिक विपद् बर्सेनि बढाएको सिद्धिखोला सिँचाइ जल उपभोक्ता संस्था इलामका अध्यक्ष नीलकण्ठ तिवारीले बताए। यस क्षेत्रको दोहनमा जनप्रतिनिधि र प्रहरीले नै साथ दिएको आरोपसमेत लाग्ने गरेको छ। ‘यो चुरे क्षेत्रमा अतिक्रमण भएको प्रहरी र जनप्रतिनिधि दुवैले देखेका छन् तर नदेखेजस्तो गर्नु र रोक्न नखोज्नु संलग्नताको कारण नभई के हो ? ’ झापा मेचीनगर १ का स्थानीय ध्रुवकुमार सुनुवारले भने।

झापाको मेचीनगर नगरपालिकाले यो क्षेत्रमा लामो समयदेखि नदी उत्खननमा रोक लगाएको थियो । चुरे क्षेत्रमा उत्खनन गर्न नमिल्ने भएकाले रोक लगाइएको नगर कार्यपालिका सदस्य तथा वन तथा वातावरण समितिका संयोजक टीकाराम मंग्रातीले बताए । तर, नगरपालिकाले रोक लगाउने निर्णयबाहेक अनुगमन गरी प्रत्यक्ष रोकेको छैन। अवैध ढंगबाट उत्खनन भए पनि वडाध्यक्ष पासाङ तामाङले आँखा चिम्लिएर बसेको आरोप स्थानीयको छ। स्थानीयका अनुसार इलामको रोङ गाउँपालिका–६ मा पर्ने दुधेचौरी क्षेत्रबाट दैनिक सयभन्दा बढी ट्र्याक्टरमा ढुंगा लोड हुँदै आएको छ । लोड गरेको ढुंगा तिरिङखोला बगरमा लगेर संकलन गरिएको छ । यो क्षेत्रको दोहन रोक्नुपर्ने जिम्मेवारी रोङ र मेचीनगरको हो।

रोङ गाउँपालिकाका अध्यक्ष सम्सेर राईले मेचीनगर नगरपालिकाले समस्या समाधानका लागि चासो नै नदेखाएको बताए। मेचीनगरका जनप्रतिनिधि रोङ गाउँपालिकाले चासो नदिएको प्रतिक्रिया दिन्छन्। दुई क्षेत्रका जनप्रतिनिधिको आरोप/प्रत्यारोपले दोहन र अक्रिमण गर्नेलाई झन् बल पुगेको मेचीनगरका स्थानीय प्रेम थापाको भनाइ छ।

मोरङको लेटाङ नगरपालिकाको १ र ६ मा पर्ने चुरे क्षेत्रमा आधा दर्जनभन्दा बढी क्रसर उद्योगले स्काभेटर प्रयोग गरेर ढुंगा, गिट्टी उत्खनन गरिरहेका छन्। चिसाङ खोलाको भोगटेनीतर्फ दर्जन स्काभेटरले २४ सै घण्टा ढुंगागिट्टी उत्खनन गरिरहे पनि ध्यान कसैको पुगेको छैन। नियमतः चुरे क्षेत्र र नदीमा मेसिन प्रयोग गरेर उत्खनन गर्न पाइँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.