एडोबी प्रिमियर प्रोको नयाँ भर्सनमा नेपालीले खिचेको तस्बिर

एडोबी प्रिमियर प्रोको नयाँ भर्सनमा नेपालीले खिचेको तस्बिर

काठमाडौँ : के तपाईँले भिडियो सम्पादन गर्दा एडोबी प्रिमियर प्रोको नयाँ भर्सन चलाउनुभएको छ ? चलाउनुभएको छ भने सफ्टवेर खुल्दा दायाँतिर तस्बिर देख्नुभएको होला। देख्नुभएको छ भने उक्त तस्बिर एक नेपाली फोटोपत्रकारले खिचेका हुन्।

अमेरिकी प्रख्यात कम्पनी एडोबीले भिडियो सम्पादन सफ्टवेर एडोबी प्रिमियर प्रोको नयाँ भर्सनमा नेपाली फोटो पत्रकार स्कन्द गौतमले खिचेको तस्बिर राखेको हो। 

बीबीसीका अनुसार गौतमले खिचेको उक्त तस्बिर एडोबीले चार हजार डलर अर्थात् ४ लाख ५२ हजार नेपाली रुपैयाँमा किनेको हो। भक्तपुरको सल्लाघारीमा लगभग दुई वर्षअघि भएको बिस्केट जात्राको मेलामा ‘मौतका कुवा’ भनिने सर्कस प्रदर्शनको तस्बिर एडोबीले राखेको हो। उक्त सर्कसमा एक युवाले ठाडो भित्तामा मोटरसाइकल फनफनी घुमाएका थिए।

सन् २०१३ मा काठमाडौं पोस्टमा करिब तीन महिना प्रशिक्षार्थीका रूपमा काम गरेका गौतम सन् २०१४ बाट द हिमालयन टाइम्समा आबद्ध भएका थिए। उनले खिचेको तस्बिर भने पत्रिकामा छापिएको थिएन। 

खिचिएका करिब ८ सय तस्बिरमध्ये मन परेका केही तस्बिर उनले सिर्जनात्मक कार्यमा लाग्नेहरूले प्रयोग गर्ने वेबसाइटमा हालेका थिए। उनी भन्छन्, ‘एडोबीले त्यो तस्बिर उक्त साइटमा देखेको हुनुपर्छ।’

अहिले उनको पहिचान फेरिएको उनी बताउँछन्। कतिपयले अहिले चिनाउनु पर्दा आफूलाई एडोबीले फोटो लिएको पत्रकार भनेर चिनाउने गरेको उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.