जीर्ण भवनमा भरिभराउ कैदी

जीर्ण भवनमा भरिभराउ कैदी

डोल्पा : जिल्ला कारागार भवन निकै जीर्ण छ। तर, यहाँ भरिभराउ कैदीबन्दी छन्। भवनको कोठाभन्दा कैदीबन्दी बढी भएपछि एउटै कोठामा खचाखच बस्न बाध्य छन्। कुल २० जना पुरुष र तीन जना महिलाको क्षमता रहेको कारागारभित्र हाल ३३ जना थुनामा छन्। ०२६ सालमा स्थापना भएको कारागार भवन मर्मत नहुँदा जीर्ण बन्दै गएको हो।

भत्किन लागेको पर्खालको घेरामा रहेका कैदी निकै डरले बस्नुपरेको बताउँछन्। कारारगारका जेलर दिनेश राउतले चाहेर पनि भवन व्यवस्थापनको विकल्प खोज्न नसकेको बताए। कारागारमा महिला कैदी नभएकाले महिला बस्ने ठाउँमा समेत पुरुषलाई राखिएको उनको भनाइ छ। दैनिक ५० रुपैयाँ कैदीको भत्ताले डोल्पामा तरकारी किन्न नपुग्ने उनले गुनासो गरे।

करिब ५० वर्ष पुराना जीर्ण कारागार भवनभित्र थुनामा बसेकाहरू थप सजायको अनुभूति भएको बताउँछन्। एक जना जेलरको भरमा कारागार व्यवस्थापनको काम भइरहेको छ। नायब सुब्बा दिनेश राउतले चार वर्षदेखि जिल्ला कारागारमा बसेर व्यवस्थापनको काम गरिरहेका छन्। अन्य कर्मचारी दरबन्दी भए पनि पूर्ति नहुँदा समस्या भएको हो।

जिल्ला कारागार डोल्पामा १९ कैदीबन्दी र १४ जना थुनुवा छन्। सबैभन्दा धेरै मूर्ति चोरीका ११ जना छन् भने ज्यानमारा र थुनुवा छन्। कारागारको नयाँ भवन निर्माण गर्न दुई ठेकेदारलाई काम दिइएको छ। तीन करोडभन्दा बढी रकममा ०७२/७३ मा काम सुरु भएको भवन निर्माणको काम अझै अधुरो छ। ठेकेदार पामा लामाले चिसोका कारण सिमेन्टको काम हुन नसक्दा समस्या भएको भन्दै फागुनबाट निर्माण तीव्र पारिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.