विद्यार्थीमाथि प्रहरीले लाठी बर्साएपछि...

विद्यार्थीमाथि प्रहरीले लाठी बर्साएपछि...

वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिका विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार विद्यार्थी घाइते भएका छन्। विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै शुक्रबार दिउँसो नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो। प्रहरीको लाठी चार्जबाट बहुदरमाइ-३ नगरदाहाको महावीर साह माविको ९ कक्षामा अध्ययनरत सन्जय कुमार तुरहा, ९ कक्षाकी सुनिताकुमारी पटेल, ९ कक्षाका अजय साह तुरहा र ७ कक्षाका शेषनाग प्रसाद यादव घाइते भएका हुन्। 

घाइते विद्यार्थीहरुको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। उनीहको टाउको र खुट्टामा गहिरो चोट लागेको नारायणी अस्पतालको आकस्मिक कक्षका डाक्टर सुशील कुमार साहले जानकारी दिए। झडपमा नगरपालिका कार्यालयका कर्मचारी कमलेश यादव पनि घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको छ। 

प्रर्दशनकारी विद्यार्थीले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नगरपालिका कार्यालयमा तोडफोड गर्दै एउटा मोटरसाइकलमा आगजनी पनि गरिदिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो। आगजनीबाट नरपालिका कार्यालयको ना १ ब २९०६ नम्बरको पल्सर मोटरसाइकल जलेर पुर्ण रुपमा नष्ट भएको छ। विद्यार्थीहरुले नगरपालिका कार्यालयभित्र रहेका कम्युटर, प्रिन्टर, टेबुल कुर्सीलगायतका फर्निचर पनि तोडफोड गरेका छन्।

गत भदौदेखिको तलब भत्ता नपाएकोले विषयगत शिक्षक र शिक्षिकाहरु विद्यालयमा आउन छाडेका थिए। यसअघि शिक्षकको समस्याबारेमा विद्यार्थीहरुले विद्यालय प्रशासनलाई जानकारी गराएका थिए। तर विद्यालय प्रशासनले तलबभत्ता निकासाका लागि सिफारिस पत्र दिएर नगरपालिका कार्यालयमै जान अनुरोध गरेपछि १ सय ५० विद्यार्थीहरु शुक्रबार नगरपालिका पुग्दा कार्यालयमा मेयर, उपमेयर र कोहि कर्मचारीहरु नभेटेपछि झन आक्रोशित भएका थिए।

उपमेयर गायत्री देवी यादवले विभिन्न माग लिएर आएका विद्यार्थीहरुको प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको बताइन्। विद्यार्थीमाथि लाठी चार्ज हुनु दुःखद रहेको भन्दै उनले भनिन् ‘उनीहरुको माग छिटटै सम्बोधन हुन्छ। त्यसका लागि नगरपालिकाले छिटटै प्रयास थाल्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.