कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

चीन : चीनमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक मानिसलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन्।

पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ। ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ।

कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन्। यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। उनको परिवार कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए। उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो। सेरब्रल पोल्जी बाल्यकालदेखि नै देखिन्छ। उक्त परिस्थिति भएका मानिसमा हिँडडुल र शारीरिक समन्वयको समस्या हुन्छ। केही पीडित व्यक्तिमा गम्भीर खालको अपाङ्गता पनि हुन्छ।

चिनियाँ अधिकारीहरूले पहिला ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए। कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ।

चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन्। तर ती देशमा अहिलेसम्म फिलिपिन्समा एक जनाबाहेक अरूको मृत्यु भएको छैन। विश्व स्वास्थ्य संघठनले कोरोना भाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.