लोकप्रिय ह्यान्डबल

लोकप्रिय ह्यान्डबल

विश्वमा धेरै प्रकारका खेल छन् । प्रायः खेलको नाम हामीलाई थाहा हुँदैन । किनभने कुनै कुनै खेल ठाउँ विशेष खेलिने गरिन्छ । भाइबहिनीहरू, के तिमीहरूले ‘ह्यान्डबल’ नामको खेलको बारेमा सुनेका छौ ? , खेलेका छौ ? । आज तिमीहरूलाई यस खेलबारे विस्तृत जानकारी दिन खोजिएको छ ।

ह्यान्डबल परिचय

‘ह्यान्डबल’ समूहमा खेलिने एक विशेष खेल हो । यो ७÷७ जनाको दुईवटा समूहको बीचमा प्रतिस्पर्धा हुनेगरी खेलिन्छ । दुईटै समूहको उद्देश्य विरोधी समूहको गोलपोस्टमा बल फाल्नु हुन्छ । सात जनामध्ये ६÷६ जना मैदानमा खेलिरहेका हुन्छन् भने एक÷एक जना गोलरक्षक बनेर गोलपोस्टमा बसेका हुन्छन् । यो खेलको समयावधि ३० मिनेटको हुन्छ । यो खेल स्टेडियममा इन्डोर र आउटडोर दुवै ठाउँमा खेलिन्छ । निकै तीव्र गतिमा खेलिने हुनाले खेलाडीहरूको शरीर एकआपसमा ठोक्किने सम्भावना निकै रहन्छ । त्यसैले खेलाडीले सतर्क भएर खेल्नुपर्छ ।

उत्पत्ति र विकास

ह्यान्डबलको उत्पत्ति १९औं शताब्दीमा भएको मानिन्छ । फ्रान्स, ग्रिनल्यान्ड, डेनमार्क, जर्मनी, चेक गणराज्य, स्लोभाकिया र युक्रेनमा यो खेलको अस्तित्व देखिएको हो । सुरुमा रोमानी महिलाले यो खेल खेल्ने गरेको प्रमाणहरू पाइएको बताइन्छ ।

आजको समयमा खेलिने ह्यान्डबललाई नियमबद्ध १९औं शताब्दीमा उत्तरी युरोपको मुख्यगरी डेनमार्क, जर्मनी, नर्वे र स्विडेनमा गरिएको थियो । तर, यसको नियम लिखित रूपमा भने पहिलो पटक डेनिस जिम शिक्षक लेफ्टिनेन्ट र ओलम्पिक पदक विजेता हेल्गर निलसनद्वारा १९०६ मा प्रकाशित गरिएको थियो ।

यसको आधुनिक स्वरूप भने सन् १९१७ अक्टुबर २९ मा जर्मनीको म्याक्स हेसर, कार्ल सलेन्ज र एरिक कोनाइद्वारा प्रकाशित गरिएको हो । सन् १९१९ पछि नियमलाई कार्ल सलेन्जद्वारा फेरि संशोधन गरिएको थियो । त्यही नियमका आधारमा पुरुष खेलाडीहरूको पहिलो अन्तर्राष्ट्रिय म्याच जर्मनी र बेल्जियमका बीच सन् १९२५ मा भएको थियो । त्यसपछि सन् १९३० मा महिलाको पहिलो अन्तर्राष्ट्रिय म्याच जर्मनी र अस्ट्रियाको बीचमा भएको थियो ।

यसरी यो खेलको विकास हुँदै जाने क्रममा अझै राम्ररी संस्थागत गर्दै लगियो । सन् १९२६ मा ह्यान्डबलको अन्तर्राष्ट्रिय नियम बनाउनका लागि फेरि अर्को समिति गठन गरियो । सोही समितिले सन् १९२८ मा ‘अन्तर्राष्ट्रिय एम्याच्योर ह्यान्डबल फेडेरेसन’ को गठन गर्‍यो । त्यसलगत्तै सन् १९४६ मा ‘अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ’ को गठन पनि भयो ।

यसरी यो खेलको नियम बन्दै खेलिँदै जाने क्रममा यो लोकप्रिय हुन थाल्यो । त्यसपछि सन् १९७२ देखि ‘ह्यान्डबल’ ओलम्पिकपको स्थायी खेल बन्यो । यो खेल प्रत्येक ओलम्पिकमा चार÷चार वर्षमा (कहिलेकाहीँ तीन÷तीन वर्षमा) मा दोस्रो विश्वयुद्धदेखि सन् १९९५ सम्म भइरह्यो । आइसल्यान्डमा सन् १९९५ मा भएको विश्व च्याम्पियसिपपछि यो हरेक दुई÷दुई वर्षमा आयोजना हुने गर्छ ।

नेपालमा ह्यान्डबल

‘ह्यान्डबल’ नेपालमा फुटबल र क्रिकेटपछि तेस्रो लोकप्रिय खेल बन्दै गइरहेको छ । नेपालमा २०३८ सालमा नेपाल ह्यान्डबल संघ (एनएचए) स्थापना भएको छ । यसले बेलाबेलामा ह्यान्डबल प्रतियोगिता गराउँदै आइरहेको छ । नेपालमा खेलकुदको विकास गर्ने उद्देश्यले सर्वप्रथम सन् १९८४ मा आईएचएफसँग मिलेर यसले प्रतियोगिता गराउँदै आएको छ ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.