डरलाग्दो टाइटानोबोआ

डरलाग्दो टाइटानोबोआ

भाइबहिनी हो, तिमीहरूले आफ्नो पाठ्यपुस्तक वा फिल्ममा विभिन्न सर्पहरूका बारेमा पढेका वा सुनेका छौ होला। तर, संसारमा केही सर्प यस्ता छन् जो निकै हजारौं वर्ष राज गरेर बिलुप्त भइसकेका छन्। संसारकै सबैभन्दा ठूलो तर अहिले संसारबाटै बिलुप्त भइसकेको सर्पको नाम हो, ‘टाइटानोबोआ’।

यसलाई ‘टाइटानिकबोआ’ भनेर पनि चिनिन्छ। किनभने यसको आकार करिब टाइटानिक जहाज जत्तिकै थियो। यी सर्प केही मिलियन वर्ष पहिले साउथ अमेरिकामा पाइन्थे। यसको आतंकका कारण अन्य जंगली जनावरलाई निकै सकस थियो।

विभिन्न अनुसन्धानदाताहरूका अनुसार ‘डाइनेसोर’हरूको युग समाप्त भएको १० मिलियन वर्षपछि ‘पेलियोसिन एपिक’ आएको थियो। यसैलाई टाइटोनोबोओको युग भनिन्छ। डाइनोसोरको यो संसारबाट विलुप्त भएपछि टाइटानोबोआ संसारको सबैभन्दा ठूलो सिकारी थियो। यस समयमा यसले जंगलमा एकछत्र राज गरेको थियो। यसले पृथ्वीमा करिब १० मिलियन वर्षसम्म सिकार गर्‍यो। यो आफ्नो प्रजातिको मात्र ठूलो नभई संसारकै सबैभन्दा ठूलो सर्प थियो। प्रायः सर्पहरूमा कैयौं रङका धार हुन्छन्। तर, टाइटानोबोआको शरीरमा यस्तो कुनै धार हुँदैन।

यसको शरीरको आकारको कुरा गर्ने हो भने यो ५० फिट लामो र तौल एक हजारभन्दा बढी तौल हुन्छ। वैज्ञानिकहरूका अनुसार यो सर्पको शरीर सबै ठाउँमा एकैनासको नभई कहीँ मोटो र कहीँ पातलो हुने बताएका छन्। यसको बीचको भाग करिब १४ मिटर मोटो हुन्छ। यसको आहाराको रूपमा जीवजनावरलाई नै हुन्थ्यो। यसले सिंगो गोहीलाई एकै गासमा सजिलै निल्न सक्थ्यो। वैज्ञानिकहरूले भने यो तर्कलाई सजिलै भने स्विकारेका छैनन्।

यो पानीमा बस्न रुचाउँछ। टाइटानोबोआको प्रजाति बढाउन वा घटाउनमा तापक्रमको निकै ठूलो भूमिका थियो। यो सर्पको शरीर ठूलो हुनुको एक कारण नै तापक्रम थियो। तापक्रम जति बढ्यो, यो त्यति नै ठूलो हुन्थ्यो। त्यसैगरी यसको शरीर विशाल हुनुको अर्को कारण पृथ्वीमा अक्सिजनको मात्रा धेरै हुनु पनि हो। यस्तै जलवायु परिवर्तनका कारण यो सर्पको विनाश भएको मानिन्छ। वैज्ञानिकहरूका अनुसार जतिबेला यो पृथ्वीको तापक्रम कम भयो, त्यहीबेला टाइटानोबोआको ठाउँ साना सर्पहरूले लिए।

टाइटानोबोआको जीवावशेषको कुरा गर्ने हो भने सन् २००९ मा भएको एक अध्ययनले २८ वटा टाइटानोबोआको जीवावशेष कोलम्बिया, लाग्याजेराको कोइलाखानी आदि ठाउँमा पाइएको थियो। ती सबै आजसम्मको पाइए जीवावशेषमध्ये सबैभन्दा ठूलो जीवावशेष मानिन्छ।

करिब एक शताब्दीसम्म संसारको सबैभन्दा ठूलो सर्प भनेर ‘ज्यागेन्टोफिस’ लाई मानिन्थ्यो। तर, सन् २००९ को अनुसन्धानमा फेला परेको टाइटानोबोआ जीवावशेषले यसैलाई सबैभन्दा ठूलो सर्पको रूपमा स्थापित गरायो।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.