जनयुद्ध दिवसमा सार्वजनिक विदा
बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ। गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ।
ताराखोला गाउँपालिका जनयुद्धको उदगम थलोको रुपमा मानिन्छ। यस गाउँपालिकाबाट मात्रै तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा २१ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन्।
मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए।
सार्वजनिक विदाका अवसरमा ताराखोला गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले बताए।

प्रतिक्रिया दिनुहोस !