जनयुद्ध दिवस : हरेक साल ओलीको प्रचार, अन्तिममा प्रचण्ड मात्रै

जनयुद्ध दिवस : हरेक साल ओलीको प्रचार, अन्तिममा प्रचण्ड मात्रै

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीले बिहीबार धुम्बाराहीमा आयोजना गरेको जनयुद्ध र जनआन्दोलनका सहिदहरुको स्मृतिमा आयोजित श्रदाञ्जली कार्यक्रममा सहभागी भएनन्। प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने प्रचार गरिए पनि अन्तिम समयमा ओली उपस्थित भएनन्। कार्यक्रममा प्रचण्ड, वामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरु सहभागी थिए।

माघ २७ गते पार्टी कार्यालयका सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले सूचना जारी गरेर कार्यक्रममा ओली र प्रचण्डले सम्बोधन गर्ने उल्लेख थियो। तर अन्तिम समयमा उनी कार्यक्रममा सहभागी भएनन्। ओली आउने भन्दै प्रचार गरेर जनयुद्ध दिवसको कार्यक्रममा नगएको यो पहिलो पटक भने होईन्।

प्रदेश र संघको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालिन माओवादीको युवा संगठन (वाइसीएल)ले पेरिसडाँडामा जनयुद्ध मनायो। उक्त कार्यक्रममा ओली र प्रचण्ड आउने भन्दै प्रचार गरियो। तर कार्यक्रममा प्रचण्डमा मात्रै उपस्थित भए, ओली गएनन्। तत्कालिन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए।

त्यस्तै पार्टी एकतापछि २०७५ फागुन १ गते पनि तत्कालिन माओवादी र एमालेका जनसाँस्कृतिक महासंघले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनायो। त्यसमा तत्कालिन एमाले निकट जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई उपस्थित थिए, तत्कालिन माओवादीबाट भने प्रचण्डलगायतका नेताहरु थिए। एकतापछि नेकपाको ब्यानरले जनयुद्ध शब्द खासै रुचाएको छैन्। २०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरुको सम्मान’ नाम दिएर मनायो। यो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहभागी हुने बताइएको थियो। तर अन्त्यमा ओली सहभागी भएनन्, प्रचण्ड मात्रै सहभागी भए। तत्कालिन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए।

त्यसोत पार्टी एकतापछि ०७५ फागुनमै काठमाडौं उपत्यकासहित देशभर सहिद सप्ताह मनायो। तत्कालिन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको थियो। माओवादीले सहिद सप्ताहमा जिल्लाहरुमा तत्कालिन युवा संघ र वाइसीएलको ब्यानरमा मनाएको थियो। काठमाडौं उपत्यकामा पनि दुबै संगठनको ब्यानरमा मनाएका थिए। उक्त कार्यक्रममा उपत्यकाका सहिद परिवालाई सम्मान गरिने थियो। मुख्यत तत्कालिन माओवादी केन्द्रीय कार्यालय हाल नेकपाको भातृ संगठनको कार्यालय पेरिसडाँडामा मनाएको सहिद सप्ताहमा पनि ओली र प्रचण्ड दुबै आउने भनिएको थियो। तर अन्त्यमा ओली गएनन्, प्रचण्ड मात्रै गएका थिए। उक्त कार्यक्रममा तत्कालिन एमालेबाट योगेश भट्टराई सहभागी भएका थिए।

तत्कालिन माओवादीले कृष्णसेन इच्छुक दिवसलगायत पनि वर्षौदेखि मनाउँदै आएको छ। उक्त दिवसमा पनि ओली सहभागी भएको कुनै उदाहरण भेटिदैंन्। त्यस्तै तत्कालिन एमालेले मदन भण्डारी, पुष्पलाल, सुखानीलगायतको दिवस मनाउँदै आएको छ। पार्टी एकतापछि प्रचण्ड नगएका कार्यक्रम कमै मात्रामा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.