टिपर दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

टिपर दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

खाँदबारी : सङ्खुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनाका गम्भीर घाइतेको हेलिकप्टरबाट उद्दार गरिएको छ। 

प्रदेश १-०२-००१ क ३६६७ नम्बरको टिपर दुर्घटनामा गम्भीर घाइते भएका रौता-५, उदयपुरका रामबहादुर सार्कीलाई बिहीबार दिउँसो सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर  धरान पठाइएको हो।

किमाथांका-जोगवनी सडकखण्डमा बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो। सडकमा काम गर्ने क्रममा टिपर सडक भन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएको प्रहरी चौकी हेदाङनाका प्रहरी नायव निरीक्षक महीतकुमार यादवले जानकारी दिए।  

घाइते सार्कीलाई स्थानीय स्वास्थ्य चौकीको सामान्यपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो। 

उनको ढाड र खुट्टामा गम्भीर चोट लागेको छ। 
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.