विप्लव नेतृत्वको नेकपाका नगर इन्चार्ज पक्राउ
बागलुङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ नगर इन्चार्ज पक्राउ परेका छन्। बागलुङ नगरपालिका–४ कुँडुले निवासी ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले अपरान्ह घरबाटै पक्राउ गरेको हो।
पौडेलको साथमा रहेको मोवाइलबाट (विप्लव)का नेता कार्यकर्तासँग खिँचिएका तस्बिर, बैठकका निर्णय पुस्तिका, कार्यक्रम प्रचार प्रसारका तस्बिर, पर्चा पम्पलेटसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुराकीका आधारमा घरमा आएको बेला पक्राउ गरेको हो। पौडेल प्रहरीको सर्वाधिक खोजीको नेताका रुपमा चिनिए पनि हालसम्म भूमिगत थिए।
विप्लव नेता पौडेललाई २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभाको चुनावलाई विथोल्न खोजेको भन्दै २३ दिन हिरासतमा राखेर छाडिएको थियो।
प्रतिक्रिया दिनुहोस !