प्रणय दिवसमा रानीमहल

प्रणय दिवसमा रानीमहल

तानसेन : प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहलमा प्रणय दिवस मनाउन अघिल्लो सातादेखि नै युवायुवती पुगिरहेका छन्। कालीगण्डकी किनार सुन्दर ढुंगा, त्यही ढुंगा माथि निर्माण भएको छ प्रेमको प्रतीक रानीमहल प्रमुख आकर्षण हो।

युवायुवतीका लागि रानीमहल गतिलो गन्तव्य बनेको छ। हाल दैनिक १५ सयको हाराहारीमा पर्यटक आइरहेको रानीमहल अस्थायी प्रहरी चौकीका हबलदार खेमबहादुर केसीले बताए। बास बस्ने होटलसमेत खुलेकाले बिहीबार नै कयौं जोडी पुगेका छन्।

कालीगण्डकीमा पक्की पुल निर्माणसँगै गुल्मी, स्याङ्जाको मिर्मी, आलमदेवीबाट समेत रानीमहल पुग्न सकिन्छ। एक सातादेखि रानीमहल क्षेत्रका होटलहरू सबै भरिएको न्यु रानीमहल रेस्टुरेन्ट एन्ड लजका सञ्चालक सुरेश पाण्डे क्षेत्री तथा रानी भिलेज रिसोर्टका सञ्चालक वसन्त कुवँरले बताए।

पश्चिमा समाजबाट भित्रिएको प्रणय दिवस नेपालीमा समेत भिज्दै गएकोले पाल्पाको रानीमहलको महत्त्व पनि दिनहुँ बढ्दै गएको छ। सच्चा प्रेम गर्ने युवा जोडीको लागि पाल्पाको रानीमहल प्रेरणादायक स्थान बन्दै गएको छ। प्रेम दिवसको छेकोमा मात्र होइन, अघिपछि पनि सयौं युवाहरू प्रेमको प्रतीक रानीमहल पुगी आफ्नो प्रेमभाव व्यक्त गर्न पुग्ने गरेका छन।

राणा खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका हुन्। विस १९४९ सालदेखि सुरु भई ६ वर्षमा दरबारको निर्माण सम्पन्न भएको थियो। करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ कोठा छन्। दरबार परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिवलिङमा नागनागिनाले जलशेचन दृश्य, भान्साघर, मन्दिरका ठूल्ठूला घण्टहरूसहितको विभिन्न आकर्षित कलाकृतिहरू देख्न सकिन्छ। दरबारमा अलंकारयुक्त ग्रिक शैलीका खम्बा, त्रिकोणत्मक छाना भएको झ्याल, गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबारको निर्माण गरिएको छ।

खड्गशमशेरले रानी तेजकुमारीका हरेक आकांक्षा पूरा गर्दै आएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ। अन्तिम समयमा रानीले कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा आफ्नो प्राण त्याग गर्ने इच्छा राखेपछि ज्योतिषीहरूलाई देखाई हाल निर्माण भएको रानीमहलको छेउमा प्राण त्याग गरेकी थिइन्। सोही स्थानमा तेजमहल निर्माण गरियो।

५ नंं प्रदेश सरकारले प्रेमको प्रतीक रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा राखेको छ। रानीमहल क्षेत्रमा इको पार्क निर्माणदेखि त्यहाँ पुग्ने ६ किलोमिटर सडक पिचको लागि काम सुरु हुने तर्खरमा छ। रानीमहल पुरातत्त्व विभागबाट १० वर्षको लागि तानसेन नगरपालिकालाई हस्तान्तरण भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.